बिरामी ओसार्न भैरहवामा एम्बुलेन्स तयारी अवस्थामा

भैरहवा । संयुक्त एम्बुलेन्स चालक संघ शाखा कार्यालय भैरहवाले लकडाउनका बेला समस्या परेका बिरामीको सेवाका लागि एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।

संघको ट्रेड युनियन शाखा भैरहवामा आबद्ध ११ चालकलाई आवश्यक पर्दा २४ सै घण्टा बिरामीको सेवा दिनका लागि तयारी अवस्थामा राखिएको ट्रेड युनियन शाखा भैरहवाका सचिव श्याम मुराउले जानकारी दिए ।

सचिव मुराउका अनुसार विश्वमा कोरोनाको संकट परिरहेका बेला देशलाई सहयोग पुर्याउने उद्देश्यले आफूहरू संस्थागत रूरुपमा अगाडि बढेको बताए।

प्रतिक्रिया