नेपालमा फेरी कोरोना संक्रमित तेस्रो व्यक्ति भेटिएको पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको पुष्टि भएको छ । बुधबार भेटिएको बिरामीसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको पुष्टि भएको हो । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको छ ।

प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरेका हुन् । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको बताइको छ ।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।  चैत चार गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएको छ । याेसँगै नेपालमा कोरोना भाइरस संक्रमितकाे संख्या तीन जना पुगेको हो ।

प्रतिक्रिया