क्रिश्चियन धर्म मान्नेलाई कोरोना लाग्दैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ

पोखरा । क्रिश्चियन धर्म तथा यशुका अनुयायी बने कोरोना भाइरस लाग्दैन भनेर भ्रम फैलाउने एक पास्टरलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउसमा बस्दै आएका पास्टर केशवराज आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

पास्टर आचार्यले फुकेरै मन्त्र र रूमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन दिएका थिए । अहिले कोरोनाको संन्त्रासमा आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरस नलाग्ने प्रवचन दिएका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर भएको बताइएको छ ।

उनले क्रिश्चियन धर्म माने कोरोना भाइरस नलाग्ने भ्रम फैलाएकाले पक्राउ गरिएको कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए ।धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई मुद्दा चलाउने तयारी भइरहेको उनले बताए ।

प्रतिक्रिया