कोरोनाबाट मर्नेको संख्या १६ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमणबाट सोमबार एकै दिन १८ सय ५४ जनाको मृत्यु भएको छ। यो सँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ हजार ४ सय ९५ पुगेको छ।

कोरोनाबाट सबैभन्दा धेरै इटलीमा सोमबार ६ सय १ जनाको मृत्यु भएको छ। उक्त संख्या सँगै त्यहाँ मृत्यु हुनेको संख्या ६ हजार ७७ पुगेको छ। यस्तै सोमबार नै ४ हजार ७ सय ८९ जना नयाँ संक्रमित भेटिएपछि इटलीमा संक्रमितको संख्या झण्डै ६४ हजार पुगेको छ।

यस्तै स्पेनमा सोमबार एकै दिन ५ सय ३९ जनाको मृत्यु भएको छ। ६ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा हिजै १ सय ३२ जनाको मृत्यु भएको छ भने झण्डै १० हजार नयाँ विरामी भेटिएपछि संक्रमितको संख्या ४३ हजार ४ सय ६९ पुगेको छ। फ्रान्समा हिजो १ सय ८६, इरानमा १ सय २७, बेलायतमा ५४, नेदरल्याण्ड्समा ३४, जर्मनीमा २९ र स्वीट्जरल्याण्डमा २२ जनाको मृत्यु भएको छ। विश्वभर कोरोना संक्रमितको संख्या ३ लाख ७८ हजार नाघेको छ। जसमध्ये १ लाख भन्दा धेरै मानिस उपचार पछि निको भएर घर फर्कि सकेका छन्।

प्रतिक्रिया