क्रोएसियामा ५.३ म्याग्निच्युडको भूकम्प

एजेन्सी । पूर्वीयुरोपेली मुलुक क्रोएसियाको राजधानी जाग्रेबमा आइतबार बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट केही भवनह भत्किनुका साथै विद्युतका पोलहमा क्षति पुगेको छ ।

युरोपेली भूगर्भ केन्द्र (सिसेम) का अनुसार आइतबार बिहान ६ बजे गएको भूकम्प निकै शक्तिशाली रहेको र त्रसित राजधानीवासीहरू दौडिएर सडकमा भेला भएका थिए ।

भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट सात किलोमिटरमुनि मात्र रहेको थियो । सिसेमले एक घन्टापछि पुनः पाँच म्याग्निच्युडको पराकम्प गएको जनाएको छ । तर , मानविय क्षतिबारे विवरण प्राप्त नभएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया