जनचेतना फैलाउँदै शिक्षक

बर्दिया । कोरोनाविरुद्ध जनचेतना फैलाउन बढैयाताल गाउँपालिकाले स्वयंसेवकका रूपमा शिक्षक परिचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले शिक्षकलाई कोरोना भाइरसबारे जनचेतना जगाउन घरदैलो कार्यक्रम गर्ने निर्णय गरिएको हो ।

यस कार्यमा शिक्षकले महत्वपूर्ण योगदान पुप्याउने भएकाले आजदेखि परिचालन गरिन लागेको गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए । यसैगरी बैठकले भारतसँग जोडिएको सीमा बन्द गर्न स्थानीय प्रशासनसँग आग्रह गरेको छ । अर्को सूचना जारी नभएसम्म बढैयातालका सबै मासु पसल बन्द गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया