कोरोनाबारे गलत हल्ला चलाउँने एक पक्राउ

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको सन्त्रासमा सामाजिक सञ्जाल फेसबुकमा गलत सूचान तथा भ्रमाक अफवाह फैलाउँनेमाथि प्रहरीले कडा निगरानी बढाएको छ । यसै क्रममा एकजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा भक्तपुरस्थित सीपाडोलबाट विवेक थापा रहेको प्रहरी केन्द्रीय प्रवक्ता डीआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

उनीमाथि अनुसन्धान सुरु भएको डीआईजी क्षेत्रीले बताए । सामाजिक सञ्जालमा कोरोना भाइरसबारे गलत सूचना दिँदै काठमाडौंको कुनै अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको, मृत्यु भएर पशुपतीमा जलाएको भन्दै केहीले फेसबुक म्यासेन्जरमा सन्देश पठाएको सम्बन्धमा अनुसन्धान थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी केन्द्रीय प्रवक्ता डीआइजी शैलेश थापा क्षेत्रीले केही फेसबुक पेज र फेसबुक ग्रुपमासमेत भ्रम फैलाउने सूचना सम्प्रेषणका सम्बन्धमा अनुसन्धान भइरहेको बताए । डीआइजी क्षेत्रीका अनुसार मुलुकी अपराधसंहिता अनुसार गलत सूचना फैलाए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने छ ।

प्रतिक्रिया