कोरोनाबाट इटालीमा एकैदिन ६२७ जनाको मृत्यु

एजेन्सी । चिनबाट विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट इटालीमा शुक्रबार एकैदिन ६२७ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ३२ जनाको मृत्यु भएको छ । यो महामारीबाट इटालीमा सबैभन्दा धेरैको मृत्यु भएको हो । चीनमा यो भाइरसबाट ३२ सय ४८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चीनमा ३ जनाको मात्रै मृत्यु भएको छ ।

चीनले कोरोनाको महामारी आफ्नो देशमा सकिएको यसअघि नै बताइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्पेनमा पनि भाइरसबाट एकै दिन २१२ जनाको मृत्यु भएको छ भने इरानमा १४९ जनाको मृत्यु भएको छ । स्पेन र इरानमा मृतको संख्या क्रमशः १ हजार ४३ र १४ सय ३३ पुगेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभर ११ हजार १८६ जना पुगेको छ भने संक्रमितको संख्या २ लाख ६५ हजार ९७६ पुगेको छ ।

प्रतिक्रिया