साल्ट ट्रेडिङद्वारा महिनाभरी आयोडिनबारे गाउँगाउँमा सचेतना

काठमाडौं । साल्ट ट्रेडिङ कर्पाेरेशनले चितवनलगायत आसपासका जिल्लाको विभिन्न क्षेत्रमा पुगेर फेब्रुअरी महिनाभर आयोडिन नुनबारे सचेतना जगाएको छ । कर्पाेरेशनले आफ्नो कार्यक्षेत्र रहेको चितवनसहित नवलपुर, तनुहुँ, लमजुङ् गोरखालगायत जिल्लामा पुगेर महिनाभरी आयोडिनबारे प्रचारात्मक कार्यक्रम आयोजना गरेको साल्ट ट्रेडिङ कर्पाेरेशन चितवन शाखाका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए । उनका अनुसार महिनाभरी २९ वटा कार्यक्रम सम्पन्न भएको छ ।

सरकारले हरेक वर्षको फेब्रुअरी महिनालाई आयोडिन महिनाकोरूपमा मनाउँदै आइएको छ । यही माघ १८ गते साल्ट ट्रेडिङ कर्पाेरेशनले विभन्नि कार्यक्रम गरी एक महिना व्यापीरूपमा विभिन्न कार्यक्रम गरी मनाएको हो । उनकाअनुसार स्कुलस्तरीय कार्यक्रम मात्रै १० वटा छन् । यस्तै, स्वास्थ्य संस्था, महिला समूहसँग सचेतनामुलक कार्यक्रम ६ वटा गरिएको छ । हाटबजारमा प्रचार प्रसार, व्यानर टाँस, विभिन्न सन्देश प्रसारण लगायतका कार्यक्रमहरु गरिएको दाहालले बताए ।

पछिल्लो सरकारी सर्वेक्षणअनुसार नेपालमा ९१ प्रतिशत परिवारले आफ्नो भान्सामा आयोडिनयुक्त नुनको प्रयोग गरका छन् । अझै यसलाई एक सय प्रतिशतमा पुर्याउने सरकारी रहेको लक्ष्य छ । आयोडिन मन्थका अवसरमा साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड चितवनले सपिङ, झोला, स्कुल व्याग, टिसर्ट, पम्प्लेट वितरणसमेत गरेर प्रचार गरेको थियो । आयोडिन सबै उमेरका व्यक्तिहरू तथा जीवनजस्तुहरूलाई दैनिकरूपमा नभइ नहुने सुक्ष्म पोषण तत्व हो । आयोडिनको कमिले मानसिक तथा शारीरिक वृद्धि विकासमा अवरोध पुर्याउँछ । सहि मात्रामा आयोडिन नपाउनाले विभिन्न असरहरू देखिन्छ ।

आयोडिनको कमि भएमा घाँटीको ग्रन्थी बढ्ने भई गलगाँड आउँछ । गर्भ अवस्थामा आयोडिनको कमि भए गर्भ तुहिन्छ, मृत बच्चा जन्मिनसक्ने हुन्छ । बौद्धिक विकासमा असर पर्छ । रोग संक्रमणबाट लड्ने क्षेमतामा ह्रास आउँछ । आयोडिनमो मात्रा मिलाएर गाई भैंसीबाट दुध उत्पादन बृद्धि हुन्छ ।  आयोडिन जीवनभरमा एक चम्चा मात्र खाए पुग्छ । तर, एकैपटक नभई हरेक दिन थोरै थोरै खानु पर्छ । खासगरी गर्भ रहनु अघि, गर्भ अवस्थामा र गर्भ अवस्थापछि पनि नियमितरूपमा आयोडिनयुक्त नुन नै खानुपर्ने विज्ञले बताएका छन् ।

प्रतिक्रिया