बनियानी । झापाको कमल गाउँपालिकास्थित विभिन्न विद्यालयमा कोरोना भाइसरबाट बच्न हात धुने अभियान सञ्चालन गरिएको छ । अभियानअन्तर्गत विभिन्न विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीले हात धोएको कार्यक्रम संयोजक सोम आचार्यले जानकारी दिए ।
ग्लोबल स्यानिटेशन फण्ड–युएन ह्याबिट्याटको आर्थिक तथा प्राविधिक सहयोगमा विराट सामुदायिक अध्ययन केन्द्र झापाले सहजीकरण गरिरहेको पूर्ण सरसफाइ अभियानअन्तर्गत हात धुने अभियान सञ्चालन गरिएको उनले बताए ।
‘विद्यालयमा मात्र होइन, समुदायस्तरमा पनि अभियान सञ्चालन गरिएको छ’, उनले भने, ‘अभियानमा उत्साहजनक सहभागिता देखिएको छ ।’ कार्यक्रमले कोरोना भाइरसविरुद्ध सचेतना अभिवृद्धि हुँदै गएको विराट सामुदायिक अध्ययन केन्द्रका सचिव रुद्र सिटौलाले बताए । उनले भने, ‘जिल्लाव्यापीरूपमा सचेतनामूलक कार्यक्रम गरिनेछ ।’
प्रतिक्रिया