चीनबाट उद्दार गरिएका १७५ जनामै कोरोना नभएको पुष्टि, आजै घर पठाइने

काठमाडौं । चीनबाट नेपाल ल्याइएका १७५ जनामा नै कोरोना भाइरसको संक्रमण नपाइएको पुष्टि भएको छ । १४ दिनसम्म क्वारेन्टाइनमा राखिएका उनीहरुको स्वास्थ्य जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्रोतले जनाउको छ ।

गत फागुन ३ गते नेपाल ल्याइएका उनीहरुलाई विमानस्थलबाट सिधै भक्तपूरस्थित खरिपाटीमा क्वारेन्टाइनमा राखिएको थियो । १४ दिनको क्वारेन्टाइन अवधि पूरा गरेपछि पुनःशनिवार सबै जनाको नाक र घाँटीभित्रको स्वावको नमूना संकलन गरी परीक्षण गरिएको थियो ।

१७५ जनामै कोरोनाको संक्रमण नभेटिएपछि उनीहरूलाई आजै घर जान अनुमति दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया