समन्वय समिति ललितपुरको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति ललितपुरको आयोजनामा लोकदोहोरी कलाकारहरूका रक्तदान एवं नाक, कान, घाँटी जाँच तथा बृहत सांस्कृतिक कार्यक्रम शनिबार जावलाखेलमा सम्पन्न भएको छ । समन्वय समिति ललितपुरका अध्यक्ष सुजन बराईलीको सभापतित्व रहेको कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालको प्रमुख आतिथ्य तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजि विशिष्ठ अतिथि रहेका थिए ।

साथै गायक राजु ढकाल, हरी डाँगी, पिएन सापकोटा, सुजन लम्साललगायत उपत्यकाकाे ९ वटै समितिका कलाकारहरूको हिभागिता रहेको थियो । त्यस्तै, कार्यक्रम सञ्चालन प्रतिष्ठानका केन्द्रीय सदस्य तथा सञ्चारकर्मी राजकुमार रायमाझीले गरेका थिए । मिडिया संयोजकन पत्रकार प्रकाश बराईली ‘अभिव्यक्ती’ ले गरेका थिए । कार्यक्रममा विभिन्न कलाकारहरुले नाक, कान, घाँटी जाँच गराउँनुका साथै रक्तदान गरेका दिए । कार्यक्रमलाई सफल बनाउँन विभिन्न व्यक्ती तथा संघ संस्थाहररूबाट आर्थिक सहयोग रहेको अध्यक्ष सुजन बराईलिले जानकारी दिए ।

उक्त कार्यक्रममा अल्का अस्पताल र रक्त सञ्चार केन्द्र ललितपुरको विशेष सहयोग रहेको उनले बताए । कार्यक्रममा सहयोगी, समाजसेवी, सल्लाहकार, पत्रकार, नवनिर्वाचित पदाधिकारीहररूलाई सम्मानसमेत गरिएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले कलाकार आफैँ पनि राष्ट्रको गहना भएको उल्लेख गर्दै यस रक्तदानले अझै कलाकारिताबाट देशलाई उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

‘गीत संगीतले कलाकारहरूबाट देश संगीतमय बनिरहेको बेला अझै रक्तदानले राष्ट्रको गरिमालाई उचाइमा पुर्याउने महत्वपूर्ण भूमिका प्रदान गरेको छ’, महानगरपालिकाकी उपप्रमुख सत्यालले भनिन् । साथै, उनले यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन कलाकारहरूलाई आग्रह गरिन् । उपप्रमुख सत्यालले भनिन्, ‘यो अभियान आगामी दिनमा पनि निरन्तरता दिंदै जानुहोस्, यसमा महानगरपालिकाको पनि साथ र सहयोग रहनेछ ।’

विशिष्ठ अतिथि तथा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजिले पनि विभिन्न उपत्यका समन्वय समितिले बिगतदेखि नै केन्द्रको मातहातमा रहेर यस्ता कार्यक्रम गर्दै आइरहेको प्रसंसा गर्दै आगामी दिनहरूमा पनि बिचलित नभई सम्पूर्ण समितिलाई सुझाव दिए । उनले भने, ‘धेरै वर्ष अघिदेखि समाजसेवीका रूपमा प्रतिष्ठान अघि बढिरहेको छ, यस्तै कार्यबाट सम्पूर्ण कलाकारहरूले राज्यबाट आफ्ना हक अधिकार प्राप्त गर्न अडिग भएर लाग्नुपर्छ ।’

 

प्रतिक्रिया