विश्व

कोरोनाबाट इरानमा पनि पाँच जनाको मृत्यु

सौर्य अनलाइन २०७६ फागुन १० गते १७:४१ मा प्रकाशित

तेहरान । इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले प्रयास गरिरहेको बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय