तमोर लिफ्टिङ खानेपानी उद्घाटनको तयारी पुरा

पाँचथर । दक्षिणि क्षेत्र यासोकमा तमोर लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । उक्त खानेपानी आयोजना उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आईतबार कुम्मायक आउँने पाँचथर प्रेस संगठनका संयोजक तुलसी थापाले जानकारी दिए । कार्यक्रमको तयारी पुरा भएको यासोक सुख्खा क्षेत्र तमोर पम्पिङ खानेपानी आयोजना तथा सरसफाई उपभोक्ता समितिले विहिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको संयोजक थापको भनाइ छ ।

खानेपानीको अभावले प्रत्येक बर्ष सयौंको संख्यामा बसाईं सर्ने गरेको कुम्मायक गाउँपालिका अन्र्तगत यासोक, रानिगाउँ र स्यारुम्बाबाट अब बसाईं सर्ने क्रम रोकिने उपभोक्ता समितिका अध्यक्ष एवं पूर्व मन्त्री डम्बरसिंह सम्वाहाम्फेले जानकारी पत्रकार सम्मेलनमा जानकारी गराए । तमोर खोलाबाट ९.१४६ किलोमिटर टाढाबाट पम्पिङ गरेर ल्याइएको पानी यासोक बजारसम्म आइपुगेको जानकारी समितिका अध्यक्ष सम्वाहाम्फेले बताए ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओली, प्रदेश १ का मूख्यमन्त्री शेरधन राई, अर्थमन्त्री डा. युवराज खतिवडा, खानेपानी तथा सरसफाई मन्त्री बिना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल लगायतको उपस्थिति रहने बताइउको छ । कार्यक्रमको सुरक्षा व्यवस्थाका लागि प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायको टोलीले अनुगमन गरी सुरक्षाको चाँजो मिलाइएको समितिका अध्यक्ष सम्वाहहाम्फेले जानकारी दिए ।

यासोक रानिगाउँ स्याबरुम्वा क्षेत्रका ३०४३ घरधुरीलाई पानी खुवाउने महत्वकांक्षी योजनाको रुपमा २०७२ सालबाट सुरु गरीएको थियो । हाल यो योजनाबाट २२०० घरधुरीलाई पानी खुवाउन थालिने समितिले जनाएको छ । घरघरमा पाइपलाइर्न जडान गर्ने कार्य तीब्ररुपमा भइरहेको र केही क्षेत्रमा भने बाटो निर्माणका कारणले ढिलो भइरहेको पत्रकार भेटघाटमा जानकारी दिइएको थियो ।

मिटर जडान लगायतका केही कामहरु बाँकी रहेपनी पानीको महसुल कसरी लगाउने भन्नेमा समिति अन्योलमा परेको छ । पानीको मूहान लुभुघाट तमोरदेखि १ हजार ४ सय ३४ मिटरको उचाइमा रहेको यासोकसम्म पानी पम्पिङ गर्नलाई ७ वटा पम्प स्टेशनको निर्माण गरिएको छ ।

प्रतिक्रिया