ब्युटिसियन ट्यालेन्टमा २९ प्रतियोगी

काठमाडौं । तेस्रो संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२०’ को पहिलो अडिसनबाट २९ प्रतियोगी छानिएका छन् । राजधानीको रविभवनस्थित रोज सिप विकास तालिम केन्द्रमा सम्पन्न पहिलो अडिसनमा २९ जना ब्युटिसियनले सहभागिता जनाएका थिए ।

तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र विलक्षण क्रियसनद्वारा आयोजित यो प्रतियोगिताको आयोजक एवं ब्युटिसियन सोनी कारंजितको सभापतित्वमा पहिलो अडिसन सम्पन्न भएको हो । अडिसनमा शर्मिला मोक्तान, मिना लामा, सविना श्रेष्ठ, मिसन श्रेष्ठ, निलम तामाङ, दुर्गा श्रेष्ठ, दिव्या सैंजु, वन्दना मगराती, न्यान्सी चाम्लिङ, शर्मिला राई, मन्दिरा शाही, सीमा घलेको सहभागिता थियो ।

यस्तै सरस्वती रोकाया, सविना भुजेल, अस्मिता जिम्बा, मञ्जला डंगोल, मेनुका बलामी, प्रीति राई, रञ्जना सिंह, शान्ति डंगोल, ट्रिना तुलाधर, लिना डंगोल, लक्ष्मी महर्जन, प्रमिशा श्रेष्ठ, शोभा बस्नेत, संगीता गुरुङ, यमुना डाँगी, अस्मिता बस्नेत र संगीता सुवेदी अधिकारीको पनि अडिसनमा सहभागिता थियो ।

कस्मेटिक प्रोडक्ट कम्पनी जाबिराका कन्ट्री म्यानेजर कुमार ढुंगानाको आतिथ्यमा सम्पन्न ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० सिजन ३ को अडिसनको निर्णायकमा ब्युटिसियन मेनुका सिवाकोटी, पूजा श्रेष्ठ, रिना अवाले, हेयर स्टाइलिस्ट रायन मंगोलियन, फेसन डिजाइनर काजल शर्मा, इनिता श्रेष्ठ, सञ्चारकर्मी सूर्य चन्द, मिसेस क्विनकी रनरअप निकिता पाण्डे, कोरियोग्राफर रोमी खड्गी र ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ की बिजेता सरु जोशी थिए ।

रोज सिप विकास तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवं ब्युटिसियन सोनी कारंजितले ब्युटिसियनको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि तीन वर्षदेखि आफूहरूले ब्युटिसियन ट्यालेन्ट नेपाल आयोजना गर्दै आएको बताइन् । प्रतियोगीलाई एक महिनाको अवधिमा विभिन्न सशक्तिकरण तथा सीपमूलक प्रशिक्षण दिने र कार्यक्रम सकिएपछि पनि उनीहरूलाई ब्युटिसियनसम्बन्धी विभिन्न प्रशिक्षण प्रदान गरिने कारंजितले जनाइन् ।

प्रतियोगिताको बिजेता घोषणा आगामी ७ चैतमा हुने भएको छ । जयन सुब्बा मानन्धरको कोरियोग्राफी र रोमी खड्कीको कोरियोग्राफीमा हुने यस प्रतियोगिताको १० फागुनबाट प्रशिक्षण सुरु हुने आयोजकले जनाएको छ । त्यसअघि ९ फागुनमा पुन अर्को आन्तरिक अडिसनबाट केही प्रतियोगी चयन गरिने भएको छ ।

प्रशिक्षणको क्रममा विज्ञबाट प्रतियोगीले ब्युटिसियनसम्बन्धी सेल्फ मेकअप, ब्राइडल मेकअप, इफेक्ट मेकअप, वाटर मार्वल नेल आर्ट, रसियन हेयर स्टाइल, हेयर केमिकल, आइल्यासिस एक्टेन्सन, पर्सनालिटी डभलपमेन्ट, मिडिया प्रिजेन्टेसन, ग्रुमिङ जस्ता विभिन्न प्रशिक्षण दिइने भएको छ । विजेतालाई विभिन्न उपहार र अवार्डको पनि व्यवस्था गरिएको छ ।

प्रतिक्रिया