बलात्कार मुद्दाका आरोपी पूर्वसभामुख महराले पाए सफाइ

काठमाडौँ । महिला सरकारी कर्मचारीमाथि बलात्कार मुद्दाका आरोपी पूर्वसभामुख कृष्णबहादुर महराले सफाई पाएका छन् । काठमाडौँ जिल्ला अदालतले महरालाई बलात्कार उद्योगको मुद्दामा सोमबार सफाइ दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको अदालतले जनाएको छ । सं‌सद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई बलात्‍कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । यसअघि काठमाडौँ जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

प्रतिक्रिया