शिवमाया तुम्वाहाङ्फे कानुन मन्त्रीमा नियुक्त

काठमाडौँ । सरकारले निवर्तमान उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेलाई कानुनमन्त्रीमा नियुक्त गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले उनलाई रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । उनका अनुसार तुम्बाहाङ्फेलाई सोमबार साढे तीन बजे शपथ ग्रहण गराउने तयारी भएको छ ।

प्रतिक्रिया