प्रिय योद्धा

तेजविलास अधिकारी

स्वार्थले छपक्कै छोपेको
आजको दैनिकीमा
म तिमीलाई
पुनः सम्झाउँदै छु
तिम्रै रगतको यात्रामा
गोरेटोमा तिमै्र वीरताको
टेकेर धेरै
भएका छन् शासक
सहिद योद्धा !
तिम्रा सपना
खै !
खै कता अलपत्र भए भए
जीवित योद्धा
तिम्रा त्याग
खै !
क–कसले मात्र
उपभोग गरे गरे
जनता आफै निरीह छ
खेल भागवण्डाको
खेल पूर्व पदाधिकारी
अनि
पूर्व प्रमुखहरुको
चल्दैछ
हेर त राम्ररी
कति मज्जाले चल्दैछ
व्यापार युद्ध
पक्ष र प्रतिपक्षको
नालायक पनि
प्रतिपक्षमा पुग्दा लायक
लायक जस्तो लाग्ने पनि
सत्तामा पुग्दा नालायक
पटक पटको
हेर्दैछु यात्रा योद्धा !
अब खोजेर मात्र
मान भाऊ
पाइन्न केही
झुटका पुलिन्दा च्याटेर
च्याटेर मौनता पुनः
युवामा विचार लगेर
पटक पटक
झम्टनु छ ढँटुवाहरुलाई

सम्झाउनु छ कतव्र्यको पाठ
खोज्नु छ नयाँ क्षितिज
नभइ निराश
प्रिय योद्धा !
यो यात्रा हो
अन्त्य होइन
यो सुरुवात हो
समाप्ति होइन
प्रिय योद्धा
अनुरोध यही नै ।

प्रतिक्रिया