चलचित्र विकास बोर्ड​को अध्यक्षमा दयाराम दाहालको माग​

काठमाडौँ । नेपाली चलचित्र उद्योगको सर्वोच्च सरकारी निकाय चलचित्र विकास बोर्डको अध्यक्ष पद एक महिनायता रिक्त रहेको छ । गत मंसिर २९ गते तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको निधन भएपछि बोर्डमा अध्यक्षको पद रिक्त रहेको हो । राजनीतिक भागवण्डा र सत्तारुढ दल निकटका चलचित्रकर्मी बोर्डको अध्यक्षमा नियुक्ती गर्ने परिपाटीले अहिले पनि अध्यक्षको दौडमा दर्जन भन्दा बढी चलचित्रकर्मी सामेल भएको फिल्मी नगरीमा चर्चा चलेको छ ।

बोर्डको अध्यक्ष पदका लागि अभिनेताद्वय राजेश हमाल र भुवन केसीसँगै निर्देशक दयाराम दाहाल, अभिनेता तथा निर्देशक नवल खड्का, निर्देशक तथा कलाकार लय संग्रौला, निर्देशक आकाश अधिकारी र निर्देशक केपी पाठक आन्तरिक तयारीमा रहेका छन् । बोर्डको अध्यक्षमा दाबेदारमध्ये निर्देशक दयाराम दाहाल बलियो दाबेदार भएका व्यक्ति हुन् । अहिलेका बोर्ड सदस्य पनि हुन् दाहाल । नेपाली चर्चा क्षेत्रमा साढे तीन दशकदेखि योगदान पुर्याइरहेका वरिष्ठ निर्देशक दाहाल चलचित्र बोर्डको अध्यक्ष पदको लागि योग्य भएको समेत चलचित्रकर्मीहरुले टिप्पणी गर्न थालेका छन् ।

बोर्डको सदस्य पदमा नियुक्ति लिँदा दाहालले भनेका थिए, ‘अहिले बोर्डमा कामकाज शुन्य नै छ । राष्ट्रिय अवार्ड पनि २ वर्षदेखि वितरण गरिएको छैन । सबैको चासोको विषय बक्सअफिस सिस्टम पनि नाम मात्रको भएको छ । बाहिर बसेर शुन्यता हेर्नु भन्दा पनि, सानै पदबाट केहि गर्न सकियोस भन्ने हेतुले सदस्य पदमा नियुक्ति पत्र लिएको हुँ ।’ उनले भनेअनुसार रोकिएको बोर्डको काम सम्पन्न भइसकेका छन् भने कतिपय कामले भने गति लिन बाँकी छ । उनी बोर्डमा आवद्ध भएसँगै फिल्मका व्यापारिक अवस्थालाई नजिकबाट नियालेको बताएका थिए । ’पहिला फिल्म बनाउन चप्पल खियाउन प​र्थ्यो अहिले प्रविधिले हामीलाई धेरै अघि ल्याएको छ ।

बोर्डमा आवद्ध भएसँगै मैले फिल्म​को ब्यापारलाई नजिकबाट नियाल्ने अवसर पाएँ । अचेल यति कमायो, उति कमायो भनेर हावादारी कुरालाई बढावा दिएको देखिन्छ। वास्तवमा नेपाली फिल्म क्षेत्र खुकुरीको धारमा दौडनुपर्ने अवस्थामा छ । धारमा जो बढी दौडन्छ, त्यसलाई चोट बढी लाग्छ । यो धारबाट फिल्म क्षेत्रलाई राजमार्गमा ल्याउन जरुरी छ ।’ उनी २०७५ मंसिरदेखि बोर्डको सदस्यको रुपमा कार्यरत छन् ।

सन् १९८८ मा निर्माण भएको फिल्म ‘लाहुरे’मा सहायक निर्देशकको रुपमा काम गर्दै फिल्म क्षेत्रमा देखिएका दाहाल कुशल निर्देशक, लेखक तथा गीतकार पनि हुन् । उनले ठुल्दाइ, तँ त साह्रै बिग्रिस नि बद्री, अर्जुन, कर्मयोद्धा, जंगे, ढुकढुकी, भाग्य विधाता, पालेदाई, अरवपति, दौंतरी, अग्नी ज्वाला, जेठो कान्छोलगायत दुई दर्जन बढी हिट​ फिल्म दिएका छन् । दाहाल नेपालमा सबै भन्दा धेरै फिल्म निर्देशन गर्ने निर्देशकका रुपमा चिनिन्छन् । फिल्मका विभिन्न भूमिकामा रहेर ६० भन्दा बढी फिल्महरुमा उनको संलग्नता रहेको छ ।

त​त्कालिन​ अध्य​क्ष​ भ​ट्ट​राईको अस​मायिक निध​न​ प​श्चात​ हाल​ यी स​बै कार्य​क्र​म​ह​रु स्थ​गीत​ र​ सुचारु हुन​ स​केको छैन​ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सरकारले विज्ञापन निकालिसकेको छैन । बोर्ड अध्यक्ष चयन हुन अझै केही समय लाग्ने निश्चित प्रायः छ । सो योजनामा समेत दाहालको सक्रियता रहेको छ । उक्त योजनाहरुलाई मूर्त रुप दिन पनि बोर्ड​को अध्य​क्ष​मा दाहाल उपयुक्त बन्न सक्छ । अहिले अध्य​क्ष​का लागि नाम​ आएका स​बै ब्य​क्तिह​रुले प​नि द​याराम​ दाहाल​ अध्य​क्ष​ र​ह​ने ख​ण्ड​मा कुनै बिम​ती ज​नाउने छैन​न् । किन​की फिल्म​ क्षेत्र​का स​बै किसिम​को स​म​स्या प​हिचान​ ग​र्न​ स​क्ने क्ष​म​ता केव​ल​ द​याराम​ दाहाल​मा मात्रै र​हेको छ​ ।

फिल्म​का अभिनेता त​था कलाकार​ह​रुलाई कलाकार​कै स​म​स्या मात्रै ब​ढि थाहा हुन्छ​, निर्माता त​था निर्देश​क लाई फिल्म​ निर्माण​का स​म​स्या मात्रै थाहा हुन्छ​ त​र​ द​याराम​ दाहाल​लाई स​म​ग्र​ फिल्म​ क्षेत्र​कै स​बै स​म​स्याको वारेमा जान​कारी भ​एको उन​का बिग​त​का काम​ले प्र​ष्ट्याईस​केको छ​ । द​याराम​ दाहाल फिल्म​कर्मीहरुमा बौद्विक ब्य​क्तित्व​ प​नि मानिन्छन् । उनी बोर्डका लागि प्रशस्त समय व्यवस्थापन गर्न सक्ने व्यक्ति पनि हुन् ।

फिल्म​ क्षेत्र​का नीति निय​म​का कुरामा प​नि उनी स​ज​ग​ छ​न् । त​स​र्थ​ च​ल​चित्र​ बिकास​ बोर्ड​को अध्य​क्ष​मा द​याराम​ दाहाल​ नियुक्त​ भ​एको ख​ण्ड​मा ९५ प्र​तिश​त​ फिल्म​कर्मीह​रु खुशि हुनेछन् । आफुप​नि अध्य​क्ष​को लागि उप​युक्त​ मानिने केही निर्माता, निर्देश​क, अभिनेता ल​गाय​त​ च​ल​चित्र​ संघ​का केही प​दाधिकारी र​ केही वित​र​क बाहेक स​बै फिल्म​कर्मीह​रु द​याराम​ द​हाल​कै प​क्ष​मा उभिएका छ​न ।

यी विविध​ कार​ण​ र​ फिल्म​कर्मीह​रुको भ​नाई अनुसार​ बोर्ड​को अध्य​क्ष​का लागि उप​युक्त​ उम्मेद्वार​ द​याराम​ दाहाल​ र​हेको प्र​ष्ट​ हुन्छ​ । स​म्ब​न्धित​ प​क्ष​ र​ विभागीय​ म​न्त्री माननीय गोकुल​ प्र​साद​ बाँस्कोटाले प​नि उप​युक्त​ ब्य​क्तीलाई नै बोर्ड​ अध्य​क्ष​ ब​नाउने प्र​तिव​द्व​ता ब्य​क्त​ ग​र्दै आएका छ​न । य​तिखेर​ फिल्म​कर्मीको माग​प​नि बोर्ड​मा द​याराम​ दाहाल​ नै आउन्​ भ​न्ने छ​ ।

केही बाहेक प्राय​ बोर्डका पुर्व​ अध्य​क्ष​ह​रु, निर्माता संघ​का अधिकांश​ प​दाधिकारी, च​ल​चित्र​ संघ​का अधिकांश​ प​दाधिकारी, निर्देश​क स​माज​, कलाकार​ संघ​, प्र​विधिक संघ​, च​ल​चित्र​ प​त्र​कार​ संघ​का अधिकांश​ प​दाधिकारी, ज​न​जाती च​ल​चित्र​कर्मी संघ​, संगीत​कार​ संघ​, द्व​न्द​ निर्देश​क संघ​, श​म्भुजित​ बाँस्कोटा, नीर​ शाह​, ल​क्ष्मीनाथ​ श​र्मा, ह​रिह​र​ श​र्मा, यादव खरेल, दिनेश​ डिसी, दीपकराज गिरी ल​गाय​त​का द​र्ज​नौ फिल्म​कर्मीह​रुले द​याराम​ दाहाल​ अध्य​क्ष​ हुनुप​र्ने धार​णा राखेका छन् ।

प्रतिक्रिया