मच्छिन्द्र नयाँ च्याम्पियन

काठमाडौं । सानमिगेल मच्छिन्द्र क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेको छ । शनिबार दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १(० ले पराजित गर्दै मच्छिन्द्रले उपाधि जितेको हो । मच्छिन्द्रले पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको हो ।

विकास तामाङको आत्मघाती गोलमा मच्छिन्द्र विजयी भएको हो । बराबरी गरे पुग्ने अन्तिम खेलमा पराजित भएको त्रिभुवन आर्मी क्लब फेरि लिग च्याम्पियन हुन बाट चुक्यो ।

१३ खेलमा मच्छिन्द्रले १० मा जित २ मा बराबरी र १ मा हार सहित ३१ अंक रहँदै शीर्ष स्थानमा रह्यो । आर्मी १३ खेलमा आर्मीले ९ मा जित, समान २ मा हार र बराबरी सहित २९ अंक रहँदै दोस्रो स्थानमा रह्यो ।

नवौँ मिनेटमा देवेन्द्र तामाङको फ्रिकिक आर्मीका गोलरक्षक बिकेश कुथुले सहजै बचाए । १३ औँ मिनेटमा कप्तान भरत खवासको कर्नरमा बिकास खवासको हेडर बाहिरियो। २० औँ मिनेटमा सुमन अर्यालको क्रस पासमा जर्जप्रिन्स कार्कीको प्रहार फितलो बन्यो । २२ औँ मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा कप्तान भरत खवासको हेडर डिफ्लेक्ट हुँदै बाहिरियो ।

३३ औँ मिनेटमा रन्जित धिमालले फ्रिकिकमा गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए । उनको फ्रिकिक विकास तामाङलाई डिफ्लेक्ट हुँदै आत्मघाती गोल भएको थियो । बल बचाउने क्रममा गोलरक्षक बिकेश कुथु घाईते भएपछि खेल झन्डै १० मिनेट रोकिएको थियो । खेल्न नसक्ने भएपछि उनलाई सिधै अस्पताल लगिएको थियो ।

भरत, विशाल र अनन्त उत्कृष्ट
रुस्लान थ्री स्टारका अनन्त तामाङ कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगकै उत्कृष्ट डिफेन्डर चुनिएका छन् ।

मनाङ मस्र्याङ्दी क्लबका दीप कार्की लिगकै उत्कृष्ट गोलकिपर चुनिए । उनले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।सानमिगेल मच्छिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटवाल उत्कृष्ट प्रशिक्षक चुनिए ।

विशाल राई उत्कृष्ट मिडफिल्डर चुनिँदा भरत खवास उत्कृष्ट फरवार्ड चुनिए । एनआटीका दर्शन गुरुग शाह युवा खेलाडी चुनिएका छन् । उनले १ लाख रुपैयाँ प्राप्त गरे । शनिबार दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै मच्छिन्द्रले उपाधि जितेको छ ।

१३ खेलमा मच्छिन्द्रले १० मा जित २ मा बराबरी र १ मा हार सहित ३१ अंक रहँदै शीर्ष स्थानमा रह्यो । आर्मी १३ खेलमा ९ मा जित, समान २ मा हार र बराबरी सहित २९ अंक रहँदै दोस्रो स्थानमा रह्यो ।

प्रतिक्रिया