महान् दश वर्षेे जनयुद्धको बिरासत र प्रतिक्रान्तिको हावा हुन्डरी

प्रचण्ड–बाबुुरामद्वारा महान् दश वर्षेे जनयुद्धको प्रक्रियामा निर्माण गरिएका आधार इलाकाहरू , नयाँ सत्ताहरू, जनअदालतहरू ,जनकम्युन र जनसरकारहरूलाई साम्राज्यवाद तथा विस्तारवाको ग्रगण्ड डिजाइन र निर्देशनमा खारेज गरियो । जनमुक्ति सेनालाई प्रतिक्रियावादी सेनाका सामु जबर्जस्त आत्मसमर्पण गर्न लगाएर विघटन गराइयो । जनताको रगतले साटिएका हतियारहरू प्रतिक्रियावादी सरकारलाई बुझाइयो

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) को नेतृत्वमा वि.सं. २०५२ फाल्गुन १ गतेदेखि २०६२ सालसम्म नेपालमा महान् जनयुद्ध सञ्चालन गरियो । ‘प्रतिक्रियावादी राज्य सत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्य सत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौ’ भन्ने मूल नाराका साथ र ‘विद्रोह जनताको अधिकार हो, जनयुद्ध– जिन्दावाद’ भन्ने गगनभेदी नारा घन्काउँदै सञ्चालन गरिएको महान् दश वर्षे जनयुद्ध नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत हरक्षेत्रमा आमूूूल परिवर्तन गर्ने महान् उद्दश्येका सञ्चालन गरिएको थियो । उक्त दश वर्षे जनयुद्ध नेपाली समाजको समग्र युद्ध थियो ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) द्वारा सञ्चालन गरिएको जनयुद्धका क्रममा छापामार दस्ता हुँदै जनमिलिसियाका कमरेड माओत्सेतुङको निधन पश्चात् चीनमा समेत प्रतिक्रान्ति भएर विश्व सर्वहारा वर्ग र समस्त श्रमजीवी तथा उत्पीडित राष्ट्रहरू मुक्तिकामी जनताका बिचमा ब्यापक निरासा पैदा भइरहेको विश्व परिस्थितिमा नेपालमा एक शक्तिशाली जनमुक्ति सेना ( लालसेना) को निर्माण हुन पुगेको थियो । त्यसले विश्व जनसमुदायलाई एउटा साहस र गौरवको अनुभूति जगाइदिएको थियो ।

सोभियत रुस पछि पूर्वी युरोपका देशहरू र चीन लगायत हिन्दचिनका मुलुकहरूमा प्रतिक्रान्ति भएर विश्स्तरमा एक प्रकारको निरासा छाइरहेको अवस्थामा नेपाल जस्तो एउटा पिछडिएको अर्ध समान्ती र अर्धआौपनिवेशिक हिमाली राज्यमा दश वर्षका बिचमा भीषण वर्ग संघर्ष चल्यो र त्यस प्रक्रियामा नेपालका ग्रामीण इलाकाहरूमा आधार इलाकाहरू बन्न पुगे । नयाँ जनसत्ताहरूको निर्माण भए । जनअदालत र जन कम्युनहरू बन्न पुगे । त्यस्तै जनसरकार बन्न पुगे र देशको करिब ८० प्रतिशत भूभाग र जनसंख्या माओवादीको कब्जामा जान सफल भइरहेको थियो ।

त्यस महान् जनयुद्ध नेपाली जनताको मात्रै नभएर विश्व जनताकै लागि पनि एक आशा र भरोसाको केन्द्र बनिसकेको थियो । त्यति मात्र होइन , त्यस महान् जनयुद्धको प्रक्रिया अन्तरगत नेपाली जनताको ठूलो त्याग र बलिदानले गर्दा जनयुद्धको महानता र गौरव अरू बढेर गएको थियो । किनभने त्यस जनयुद्धको अवधिमा करिब १० आैँ हजारभन्दा बढी नेपाली आमाका आँटि तथा असल छोराछोरीले शाहदात प्राप्त गरेका थिए । हजारौँको संख्यामा नेपाली जनतादाई तत्कालीन प्रतिक्रियावादी सत्ताले ज्यान विपत्ता पारेको थियो र त्यस्तै हजारौँको संख्यामा नेपाली जनताका छोराछोरीहरूलाई घाइते र अपांग तुल्याई दिएको थियो । यी ऐतिहासिक परिघटनाहरूले महान् दश वर्षेे जनयुद्धको महानता र महत्वलाई बढाई दिएको हो ।

लाखौँ नेपाली जनताको बिचमा विकसित भइरहेको त्यस ऐतिहासिक जनयुद्धको प्रक्रियामा महान् नेपाली नयाँ जनवादी क्रान्तिलाई विजयको शिखरमा पु¥याइ दिएर नौलो नेपाल निर्माण गर्ने लक्ष्यका साथ हजारौँको संख्यामा नेपालको युवा पंक्ति ज्यानलाई आहुति दिएर क्रान्तिमा हामफाल्न सहिदहरूको पंक्तिमा आफ्नो नाम समावेश गर्न प्रतिष्पर्धा गर्ने वातावरण सिर्जना भइरहेको थियो । आम नेपाली जनता महान् जनयुद्धको प्रक्रियामा लामबध्द बन्दै गइरहेको अवस्था सृजना भइसकेको थियो । र विश्वको एक मानचित्रमा एउटा हिमाली देश नेपालमा सूर्यको बिहानी किरणसँगै महान् नयाँ जनवादी क्रान्तिको जन्म हुँदैै थियो ।

त्यही परिस्थितिमा २०६२ क असोज–कात्तिकमा तत्कालीन नेकपा ( माओवादी ) को चुनवाङमा सम्पन्न बैठकले सशस्त्र जनयुद्धको कार्यदिशा र कार्यक्रमदाई स्थगित गरी ‘लोतान्त्रिक गणतन्त्र’ पूँजीवादी संसदीय कार्यदिशा पारित गर्न पुग्यो । शान्ति प्रक्रियामा गरे पछि वर्षेे जनयुद्धको नेतृत्व गरेर आएका पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईमा ब्यापक रुपमा वैचारिक विचलन आयो । त्यसपछि ती दुवै जनाले घरेलु प्रतिक्रियावादीहरू र वैदेशिक शक्तिका रुपमा रहेका अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका सामु वर्गीय रुपमन र राजनीतिक रुपमा समेत आत्मसमर्पण गर्न पुगे र महान् नेपाली क्रान्ति र महान् नेपाली जनतामाथि विश्वासघात र गद्दारी गर्न पुगे ।

सबैलाई थाहै छ कि प्रचण्ड–बाबुुरामद्वारा महान् दश वर्षेे जनयुद्धको प्रक्रियामा निर्माण गरिएका आधार इलाकाहरू , नयाँ सत्ताहरू, जनअदालतहरू ,जनकम्युन र जनसरकारहरूलाई साम्राज्यवाद तथा विस्तारवाको ग्रगण्ड डिजाइन र निर्देशनमा खारेज गरियो । जनमुक्ति सेनालाई प्रतिक्रियावादी सेनाका सामु जबर्जस्त आत्मसमर्पण गर्न लगाएर विघटन गराइयो । जनताको रगतले साटिएका हतियारहरू प्रतिक्रियावादी सरकारलाई बुझाइयो ।

जनयुद्धको माग बमोजिम संविधानसभा मार्फत महान् नेपाली क्रान्ति सम्पन्न गर्ने उद्देश्यका साथ पहिलो ऐतिहासिक संविधानसभा निर्वाचन २०६४ द्वारा निर्माण गरिएको पहिलो संविधानसभालाई विघटन गरेर देशीविदेशी प्रतिक्रियावादीहरूको ग्राण्ड डिजाइन र निर्देशनमा कथित दोस्रो संविधानसभा निर्वाचनको नाटक मञ्चन गरेर प्रतिक्रियावादी संविधान निर्माण गरेर आफ्ना विदेशी महाप्रभूहरूलाई खुसी तुल्याउने काम प्रचण्ड–बाबुराद्वारा गरियो ।

सर्वविदितै कुरा हो त्यसपछि माओवादी आन्दोलनभित्र रहेका क्रान्तिकारीहरूले मोहन वैद्य किरणको नेतृत्वमा २०६९ असारमा नेपाल कम्युनिस्ट पार्टी – (ड्यास) माओवादी पार्टी निर्माण गरेर माओवादी आन्दोलनलाई पुनर्गठन गर्ने काम गरियो । तर २०७१ साल मंसिरमा ड्यास माओवादीभित्र पनि विभाजन आयो र नेत्रविक्रम चन्द ‘ विप्लव’ को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) गठन हुन पुग्यो पछि त्यसले आठौँ महावेशनद्वारा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टीमा परिणत गर्न पुग्यो र अहिले माओवादी आन्दोलन भित्र क्रान्तिकारीका दुईवटा कम्युनिस्ट पार्टीहरू ( मोहन वैद्य किरण ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीहरू क्रियाशील छन् ।

अर्कोतिर प्रचण्डले नेतृत्व गरेको एमाओवादी नेकपा ( माके) हुँदैै पहिले नै प्रतिक्रियावादी बनिसकेको नेकपा (एमाले ) भित्र विलय हुन पुग्यो । प्रतिक्रियावादी सरकारमा सामेल भएको छ । प्रचण्ड – बाबुरामले नेपाली क्रान्ति प्रति गध्दारी गरेर नेपाली जनतालाई ठूलो धोका दिएको भए ता पनि मोहन वैद्य किरणले नेतृत्व गरेको नेकपा ( क्रान्तिकारी माओवादी ) विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले महान् नेपाली क्रान्तिको यात्रालाई अघि बढाइरहेका छन् । अहिले एकातिर क्रान्तिकारी माओवादी , नेकपा ( मसाल) , नेकपा ( माले) , नेकपा (माके) नेपाल कम्युनिस्ट पार्टी , देजमो नेपाल , राष्ट्रिय जनमोर्चा लगायत नौ दलका बिचमा कार्गत एकता कायम भइरहेका छन् । यो महान् नेपाली क्रान्तिका निम्ति सकारात्मक कुरा हो ।

२५ आै जनयुद्ध दिवस मनाइरहेको अवस्थामा आज एउटा कुरा उजागर आवश्यक छ भने माथि पनि उल्लेख भइसकेको छ कि महान् दश वर्षे जनयुद्धको नेतृत्व समेत गरेर आएको प्रचण्ड सहितको एउटा ठूलै तप्काका भने प्रतिक्रियावादी भइरहेको एमाले भित्र विलय हुन पुग्यो र आज त्यो शक्ति पनि पुराना एमालेसित काँधमा काँध थापेर क्रान्तिकारीहमाथि फासीवादी सत्ता चलाएर क्रान्तिकारीहरूमाथि भीषण दमनचक्र चलाउने नेपाली जनतालाई तर्साउने काममा प्रतिक्रियावादीहरूको हतियार बन्न पुगेको छ

यतिबेला केपी ओली – पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरिरहेको नामधारी कम्युनिस्टहरूको सरकार भनिएको फासीवादी सत्ताले करिब ११ महिना ( २०७५ फाल्गुन २८ ) देखि विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी माथि प्रतिबन्ध लगाएर भीषण फासीवादी सत्ता सञ्चालन गरिरहेको छ र हजारौँ नेता , कार्यकर्ताहरूलाई झुठ्ठा मुद्दाहरू खडा गरेर जेलमा सडाइरहेको छ । क्रान्तिकारी माओवादीलगायतका अन्य क्रान्तिकारी कम्युनिस्टहरूलाई पनि निगरानीमा राख्दै आएको छ । यो नामधारी तथा ११ महिना पहिलेदेखि प्रतिक्रियावादी सत्ताले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउँदै आएको छ । क्रान्तिकारी कम्युनिस्टहरूमाथि लगाइएको छ ।

यो फासीवादी सत्ताले विप्लवले नेतृत्व गर्दै आएको नेकपामाथि प्रतिबन्ध लगाएको कुनै नौलो घटना कुनै नौलो पनि होइन , पहिलो पनि होइन । प्रतिक्रियावादी सत्ताहरूले पहिलेदेखि नै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरसमाथि प्रतिबन्ध लगाउँदै आएको छ । २००८ सालमै संस्थापक महासचिव कमरेड पुष्पलालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा नेपाली कांग्रेसको सरकारले प्रतिबन्ध लगाएक लगाएको थियो । त्यस्तै २०१७ सालदेखि २०४६ सालसम्म निरंकुश राजतन्त्रको तानाशाही पञ्चायती व्यवस्थाले कांग्रेस ( कम्युनिस्टहरूलाइ प्रतिबन्ध लगाएको थियो । २०५२ देखि २०६२ सालसम्म नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) कडा प्रतिबन्ध लगाएकै थियो । तर उनीहरूको दमनर प्रोलोभनले नेपाली समाजको परिवर्तनलाई त रोक्न सकेका थिएनन् ।

२००७ साल, २०४६, २०६२ र २०६२ सालमा उठेका जनआन्दोलनहरूले ठूलो राजनीतिक परिवर्तन ल्याएकै । त्यस्तै दश वर्षेे जनयुद्धले नेपाली समाजमा ठूलो परिवर्तन ल्याएकै हो ।सत्ताधारीहरूले जतिसुकै प्रयास गरेका भए पनि, जतिसुकै ठूलाठूला दमन गरेको भए पनि उनीहरूको कारणले जनयुद्ध समाप्त पार्न त सकेका थिएनन् । प्रतिक्रियावादीहरूले विप्लव नेतृत्वको नेकपा, क्रान्तिकारी माओवादीलगायतका क्रान्तिकारीमाथि जतिसुकै दमन गरे पनि महान् नेपाली क्रान्ति रोकिने छैन । जस्तोसुकै दमनहरूलाई परास्त गर्दै क्रान्तिअघि बढी छाड्छ । क्रान्तिको द्वन्द्ववाद यही नै हो ।

प्रतिक्रिया