सनराइज बैंकको ‘सनसाइन पपकर्न मेनिया’ योजना

काठमाडौं । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहक महानुभावहरूको लागि सनराइज बैंकले क्यूएफएक्स सिनेमासँग सहकार्य गरी ‘सनसाइन पपकर्न मेनिया’ नामक योजना ल्याएको छ ।

यही फाल्गुन २ गतेदेखि तीन महिनासम्म सञ्चालन गरिने यस योजनाअन्तर्गत सनराइज बैंकका ग्राहकले क्यूएफएक्स सिनेमाका सम्पूर्ण सिनेमा हलहरूमा योजना अवधिभर कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पपकर्न निःशुल्क प्राप्त गर्न सक्नेछन् । यस योजनामा समावेश हुनको लागि ग्राहक महानुभावहरूले टिकट खरिदवापतको रकम सनराइज बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी क्यूएफएक्स सिनेमा स्थित पीओएस टर्मिनल मार्फत भुक्तानी गर्नुपर्नेछ ।

प्रति कारोबार अधिकतम पाँच वटासम्म पपकर्न निःशुल्क प्राप्त गर्न सकिने बैकले जनाएको छ । सनराइज बैंकले केही वर्ष अगाडि पनि क्यूएफएक्स सिनेमाको २ वटा टिकटको खरिदमा एउटा टिकट सित्तैमा दिने लोकप्रिय योजना ल्याएको थियो । सोमबार आयोजित एक कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र टिम क्विस्टको प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

 

प्रतिक्रिया