न्यौपानेको ‘आज भोलि’

काठमाडौं । गायक गणेश न्यौपानेको नयाँ गीत ‘आज भोलि’ को भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा सुरेशकुमार क्षेत्रीको शब्द तथा संगीत रहेको छ । भिडियोमा साहुको ऋण तिर्न सहर गएको एक युवाको दुःखान्तलाई प्रस्तुत गरिएको छ ।

समन अधिकारी निर्देशित भिडियोमा कलाकार नीर शाह, शोभित बस्नेत, सपना श्रेष्ठ, निराजन प्रधान, सुप्रिया कटवाल, नग्मा श्रेष्ठ, काव्या कार्की र खम्बेलगायतका कलाकारको अभिनय छ । रेस्क्यु क्रिएसनको ब्यानरमा निर्माण भएको भिडियोमा अमृता समाल न्यौपानेको लगानी छ । गीतमा फणिन्द्र राईको एरेन्ज र मिन विष्टको मिक्सिङ तथा मास्टरिङ छ ।

भिडियोमा दिया रिजालको मेकअप, नवराज पौडेलको प्रोडक्सन, अनिल कटवालको ड्रोन, फराज अर्पणको क्यामरा तथा सम्पादन छ । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया