ललिता निवास प्रकरणमा नेपाल महिला संघको माइतीघरमा नाराबाजी

काठमाडौँ । बालुवाटार ललिता निवासको जग्गा प्रकरणमा नेपाल महिला संघले अख्तियारविरुद्ध माइतीघर आज नाराबाजीसहित विरोध प्रदर्शन गरेको छ । ललिता निवासको जग्गा प्रकरणमा नेपाल कम्युनिस्ट पार्टीका नेतालाई उन्मुक्ति दिएको र अन्यलाई राजनीतिक प्रतिशोध साँधेर मुद्दा लगाइको भन्दै महिला संघले नाराबाजी गरेका हुन् ।

कांग्रेसले राजनीतिक प्रतिशोध साँधेर मुद्दा लगाइको भन्दै संसद र सडकमा विरोध गर्दै आएको छ । केही दिनअघि अख्यितार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया