श्री स्वस्थानी माधवनारायण व्रतका प्रमुख दिनहरु

चिभ्वय् नयेगु २०७६ पौष २४ गते बिहीवार
व्रत सुरु २०७६ पौष २५ गते शुक्रवार
२०७६ माघ ६ गते षटतिला एकादशी
शालिनदीबाट – बज्रयोगिनी ढोकासम्म दुंदनेगु (साष्टाङ्ग दण्डवत गर्दै जाने (माघ ८ गते)

परदेश यात्राका दिनहरु :
साँखुबाट बज्रयोगिनी र पशुपति – माघकृष्ण चतुर्दशी (माघ ९ गते)
पशुपतिबाट फर्पिङ्ग – (माघ १० गते)
फर्पिङ्गबाट साँखु – (माघ ११ गते)
साँखुबाट पनौति – (माघ १४ गते)
पनौतिबाट साँखु – (माघ १५ गते)
श्री पञ्चमी शालिनदी परिसरबाट सरस्वती स्थानसम्म दुंदनेगु (अष्टाङ्ग दण्डवत गर्दै जाने (माघ १६ गते)
लगला सप्तमी सम्पूर्ण व्रतालुहरु झकिझकाउ भई माधवनारायण जात्रामा सहभागी हुने पुरुष व्रतालुहरुमध्ये गुल्टिने व्रतालुले गुल्टिँदै नगर परिक्रमा गर्ने, सहस्रधारा बोक्ने व्रतालुले सँगसँगै सहस्रधारा बोक्दै नगर परिक्रमा गर्ने महिला व्रतालुहरुले सहस्रधारामा जल चढाउँदै नगर परिक्रमा गर्ने (नगरका १०८ स्थानमा जल चढाउने) माघ १८ गते

द्रोण नवमी (व्रतालुहरुलाई तस्मी खुवाउने दिन : माघ २० गते सोमवार)

भीमा एकादशी– यस दिन दुईपटक व्रत पूजा हुने । दोस्रो पटक माधवनारायण सँग नुहाउनु अगाडि महिला व्रतालुहरुले भित्ता रंगाउने कमेरो माटोले नुहाउन मिल्ने त्यस पछि फलाहार गरी साँखुबाट चाँगुनारायण स्थान प्रस्थान – (माघ २२ गते)
चाँगु बाट साँखु – (माघ २३ गते)

भीमसेन द्वादशी –माघ २३ गते) साँखु बजारमा भीमसेनको जात्रा हुने
३३ कोटी देवतालाई अश्वमेघ यज्ञमा निमन्त्रणा गरिने २०७६ माघ २५ गते
व्रत साङ्गे २०७६ माघ २६ गते

मिगाः पूजा २०७६ माघ २७ गते (व्रतालुहरुले माघ गाउने)
शिवरात्रि २०७३ फाल्गुण ९ गते (व्रतालुहरु जाग्राम बस्ने दिन) सारुक्वलां पूजा

प्रतिक्रिया