गोरखा चाइनिज इटाको स्ट्रेन्थ दस एमपीए भन्दा माथि

काठमाडौं । काभ्रेको बासडोलमा कारखाना राखी उत्पादन सुरु गरेको गोरखा चाइनिज इको रेड व्रिक्स प्रालिबाट उत्पादित गोरखा चाइनिज इटाको स्टे«न्थ दस एमपीए भन्दा माथि रहेको पाइएको छ । ख्वप कलेज अफ इन्जिनियरिमा गरेको कम्परेन्सिभ स्ट्रेन्थ टेष्टमा कम्पनीका इटाहरु घटीमा पनि १० दशमलब २३ एमपीए पाइएको हो ।  गुणस्तरीय इटा हुनका लागि कम्परेन्सिभ स्ट्रेन्थ न्युनतम तीन दशमलब पाँंच एमपीए हुनुपर्छ । विद्यार्थीले इटाको गुणस्तरको विभिन्न पक्षकाबारेमा टेष्ट गरेका थिए ।

टनेल क्लिन प्रविधिमा इटा पोली चाइनिज इटाको उत्पादन सुरु गरेको यो उद्योगको इटाको आकार साढे नौ इन्च लम्वाई, साढे चार इन्च चौडाई र सवा दुई इन्च मोटाइको रहेको छ । यो इटा तुलनात्मक रुपमा अझ बढी मजबुत, सबैतिर सीधा आकार मिलेको र स्मुथ फिनिसिङको हुने कम्पनीको दाबी छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराम देउपालाका अनुसार यो प्रविधिबाट इटा बनाउँंदा काँंचो इटालाई घाममा नसुकाई डा«इ टनेलमा पठाई इटालाई सुकाइन्छ ।

यसपछि फायर टनेलमा आठ सयदेखि नौ सय डिग्रीसम्मको तापक्रममा राखेर इटा पोल्ने गरिन्छ । फायर्रिग टनेलमा भएको तातो हावालाई डाइ टनेलमा लगी काँंचो इटा सुकाउने गरिन्छ । यसका लागि तापक्रम नाप्न तापक्रम मापन यन्त्र (थर्माेमिटर) पनि जडान गरिएको छ । थर्माेमिटरमा तापक्रम हेरी आवश्यकता अनुसार कोइला थपी इटा पोल्ने गरिन्छ । यसले गर्दा इटा एकनासले पाकेर निस्किन्छ ।

प्रतिक्रिया