‘अर्ना एट’ बजारमा

काठमाडौं । नेपालका चर्चित वियर ब्रान्डहरूको उत्पादक यती ब्रुअरी प्रालिले नयाँ उत्पादन ‘अर्ना एट’ नेपाली बजारमा सार्वजनिक गरेको छ । अर्ना ब्रान्ड अन्तर्गतको नयाँ उत्पादन ‘अर्ना एट’ ८ प्रतिशत ‘अल्कोहल’भएको ‘स्ट्रङ’ वियर हो । ‘स्ट्रङ’ वियरको बढ्दो मागलाई विचार गरी उत्पादन थालिएको ‘अर्ना एट’ स्वादमा पनि उत्तिकै उत्कृष्ट रहेको कम्पनीले दावी गरेको छ ।

‘अर्ना एट’ वियर ३३० मिलि र ६५० मिलिदुवै बोतलहरूमा उपलब्ध छ । ग्राहकहरूको सहजतालाई मध्यनजर गरी यी दुवै बोतलहरूमा ‘पूल अफ क्याप’ राखिएको छ, जसका कारण यसलाई खोल्न ‘ओपनर’ आवश्यक पर्दैन । सीधै बोतलबाट पिउन सजिलो र छुट्टै ग्लास आवश्यकनपर्ने भएकाकारण ३३०मि.लिको ‘अर्ना एट’ विशेषगरी युवा पिंढीमाझ चाँडै लोकप्रिय हुने अपेक्षा कम्पनीले लिएको छ ।

प्रतिक्रिया