कलाकारितामा फड्को मार्दै सम्झना पुन

सम्झना पुन

काठमाडौँ । कलाकारितामा भविश्य खोजेर सांगीतिक क्षेत्रमा होमिने धेरै छन् । तर, रुची हुँदा हुँदै पनि कतिले कलाकारितामा राम्रै सफलता हासिल गर्न सकेका छन् भने कतिपयले सकेका छैनन् । यसै क्रममा छोटो समयमै गायनमा फड्को मार्ने मध्यकी एक नव लोक गायिका हुन् सम्झना पुनमगर ।

गायिका पुनले लगातार गीत बजारमा ल्याएर नेपाली कलाकारितामा फड्को मारेकी हुन् । उनको सुरुको केही समय अघि बजारमा आएको गीत ‘झिम झिम परेली’ दर्शक स्रोताको रोजाइमा परेको छ । उक्त गीतमा गायिका पुनलाई सागर बिरहीले आवाजमा साथ दिएका छन् भने बिरहिकै शब्द तथा संगीत रहेको छ ।

अर्जुन सुनाम

त्यस्तै गीतको भिडियोमा मोडल अर्जुन खड्का र ऋतु तामाङको अभिनय रहेको छ भने भागिरथ गाहा मगरको निर्देशन रहनुको साथै सुरेश श्रेष्ठले छायांकन गरेका छन् । रोशन गाहा मगरले सम्पादन गरेको भिडियो संगम डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । त्यस्तै क्रमसः आएको गायिका पुनको दोस्रो गीत ‘चिप्लेटी ढुङ्गो’ ले पनि दर्शकको मन जित्न सफल भएको छ ।

उक्त गीतमा हरी डिसी र गायिका सम्झना पुनकै युगल आवाज रहेको छ भने गायक डिसीकै शब्द तथा बिरेन्द्र खड्काको संगीत रहेको छ । उक्त गीतको भिडियोमा गायिका पुन आफै र बिशाल रायमाझीले अभिनय गरेका छन् । त्यसैगरी ‘बोल सिरिसिरी बतासै सन्को, किन कुरा बुझ्दैनौ यो मनको’ र सालैजो भाकामा ‘सुपारी’ नामको गीत क्रमसः बजारमा आउने तयारीमा रहेको गायिका सम्झनाले सौर्य दैनिकलाई जानकारी दिइन् ।

हरी डिसी

‘सिरिसिरी बतासै सन्को’ मा हरी डिसी र गायिका पुनकै युगल आवाज रहेको र हरी डिसीकै शब्द संगीत, त्यस्तै सालैजो भाकाको गीत ‘सुपारी’ मा गायक राजु सुनाम र आफ्नै युगल आवाज रहेको गायिका पुनले बताइन् । बजारमा आएका र आउने तयारीमा रहेका सबै गीतले नेपाली गीत संगीतको मौलिकतालाई कदर गरेको उनले जिकिर गरिन् ।

त्यस्तै बजारमा आउने तयारीमा रहेको ‘चिप्लेटी ढुङ्गो’ भने काली गण्डकी दोहोरी साँझको प्रस्तुतिमा रहेको गायिका पुनले जनाइन् । जाजरकोट जिल्लाको भेरी नगरपालिका- २ मा जन्मिएकी गायिका पुनले आफ्नो बालापनदेखि नै कलाकारितामा रुची राखेर यस क्षेत्रमा होमिएको बताइन् ।

सागर बिरही

उनले भनिन्, ‘बाल्यकाल देखिनै कलाकार बन्ने सपना बोकेर काठमाडौँ शहरमा आएकी हुँ, आफु भन्दा अग्रजहरुको साथ र सपोर्टबाट आफ्नो जीवन कलाकारिताबाटै अघि बढाउने बिचारमा छु ।’ गायनसँगै मोडलिङ क्षेत्रमा पनि अघि बढ्ने गायिका पुनले बिचार ब्यक्त गरिन् । ‘सुरुकै दुईवटा गीत ‘झिम झिम परेली’ र ‘चिप्लेटी ढुङ्गो’ लाई दर्शक स्रोताले मन पराइदिनु भएको छ, दर्शक स्रोताकै मायाले गायनसँगै भिडियोमा अभिनय पनि गरेर कलाकारितामा भविश्य बनाउने सोचमा छु, ‘गायिका पुनले भनिन् । गीत झिम झिम परेलीको भिडियो तल हेर्नुहोला 


अर्को गीत चिप्लेटी ढुङ्गोको भिडियो तल हेर्नुहोला

प्रतिक्रिया