खेल-खेलाडी

जुडोमा पुनमलाई स्वर्ण

सौर्य अनलाइन २०७६ मंसिर २४ गते ८:०९ मा प्रकाशित

काठमाडौं । सागअन्तर्गत जुडोमा नेपालले स्वर्ण पदक जितेको छ । जुडोबाट पुनम श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएकी हुन् ।  पुनमले ७८ केजी तौलसमूहबाट स्वर्ण पदक जितेकी हुन् । पुनमले महिला ७८ केजी तौल समूहमा बंगलादेशकी फरिना खानोमलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

यसअघि उनले भारतकी नवनीत कौरलाई पराजित गर्दै फाइनल यात्रा तय गरेकी थिइन् । नेपालले जुडोमा जितेको यो दोस्रो स्वर्ण पदक हो । यसअघि जुडोको ५२ केजीमुनिको भिडन्तमा देविका खड्काले पहिलो स्वर्ण पदक जिताएकी थिइन् ।

प्रतिक्रिया