एनआइसी एसियाका ग्राहकलाई द्वारिकाज रेस्टुरेन्टमा विशेष छुट

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेड र द्वारिकाज होटल बत्तिसपुतली काठमाडौंबीच एनआइसी एसिया बैंकका ग्राहकलाई द्वारिकाज ग्रुपका विभिन्न रेस्टुरेन्टहरूमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता बमोजिम बैंकका डेविट एवं क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलका तोरण रेस्टुरेण्ट, फ्युजन बार, मोकोज जापानिज रेष्टुरेण्ट, द्वारिकाज ग्रुपकै गार्डन अफ ड्रिम्सस्थित केइजर क्याफे, पाटन संग्रहालयस्थित पाटन म्युजियम क्याफेमा १० प्रतिशतसम्म छुट पाउनेछन । त्यस्तै, बत्तिसपुतलीस्थित कृष्णार्पण रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र द्वारिकाज ग्रुपको तर्फबाट इन्टरनेशनल मार्केटिङ्ग एण्ड कम्युनिकेशन म्यानेजर सुनिता गुरुङले सम्झौतापत्र आदानप्रदान गरे । बैंकले हाल मुलुकभर ३१० शाखा कार्यालयहरु, ४०१ एटिएम, ९३ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया