पार्कीलाई एथ्लेटिक्समा स्वर्ण

 

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् । पार्कीले निर्धारित दूरी १४ मिनेट ५४ दशमलव २०  सेकेन्डमा पूरा गरे ।

दोस्रो स्थान भारतीय धावकले हात पारे । भारतका सुनील धावरले १४ मिनेट ५५ दशमलव २१ सेकेन्डमा दौडिए । सुनीलले अग्रता लिइरहेको अवस्थामा गोपीले अन्तिम अवस्थामा दौड जितेका हुन् । कांस्य पदक पनि नेपालकै धावकले हात पारे । नेपालका हरिकुमार रिमालले निर्धारित दुरी १४ मिनेट ५७ दशमलव ०५ सेकेन्डमा पूरा गरे ।

प्रतिक्रिया