भाइरल बन्यो ‘अमिलो अम्चुर’

काठमाडौं । केही दिनअघि युट्युबमार्फत सार्वजनिक भएको गायिका मीरा गिरीको लोकदोहोरी गीत ‘अमिलो अम्चुर’ टिकटकमा भाइरल भएको छ । गायक नेत्र भण्डारी र गायिका गिरीको युगल आवाज रहेको उक्त गीतलाई दर्शकस्रोताले रुचाएका छन् ।

गीतकार रमेश बिजीले शब्द सिर्जना गरेको उक्त गीतमा धु्रवराज धितालले संगीत भरेका छन् । मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो फरक किसिमले निर्माण गरिएको गायिका गिरीले बताइन् । सुनील क्षेत्रीले निर्देशन गरेको गीतको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका छन् । भिडियोमा निर्देशक सुनिल क्षेत्री र अभिनेत्री ऋचा थापाको अभिनय छ ।

अमृत चापागाईंले सम्पादन गरेको भिडियो गायिका गिरीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । उक्त गीत तथा भिडियोले नेपाली लोक संस्कृतिको जगेर्ना गरेको गिरीले जिकिर गरिन् ।

प्रतिक्रिया