टाटा मोटर्सको ग्लोबल सर्भिस क्याम्प

काठमाडौं । नेपालकालागि टाटा मोटर्स्को अधिकृत विक्रेता सिप्रदी टे«डिङ्ग प्रालिले ग्लोबल सर्भिस क्याम्प संचालनमा ल्याएको छ । टाटा मोटर्स कमर्सियल गाडीका प्रेसिडेन्ट गिरिस वाग तथा सिप्रदी टे«डिङ्ग प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जवराले संयुक्त रुपमा उक्त कार्यक्रमको उद्घाटन गरे । उक्त उद्घाटन समारोहमा टाटा मोटर्स् कमर्सियल गाडीका प्रेसिडेन्ट गिरिस वागले सम्पूर्ण सिप्रदी तथा टाटा मोटर्सका कर्मचारी, ग्राहकहरुलाई सम्बोधन गरे । समारोहमा सिप्रदी टे«डिङ्ग प्रालिका कार्यकारी अध्यक्षश्री सिद्धार्थ शमशेर जबराले टाटा मोटर्स र सिप्रदीको सम्बन्ध प्रगाढ भएकोमा शुभकामना व्यक्त गरे ।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प विश्वभरि एकै साथ आयोजना गरिएको छ । यस ग्लोवल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्स्का सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्यजाँचहरु हुनेछ । यस क्याम्पमा चालकहरुका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ्ग सम्बन्धी निःशुल्क तालिम, टाटाको पार्टसमा विशेष छुट, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुब्रिकेन्टसमा आकर्षक अफर, जस्ता प्रमुख विशेषताहरु रहेका छन् ।

सिप्रदी टे«डिङ्ग प्रालिले यसै अवसर पारेर टाटा मोटर्सको टाटा विङ्गगर बिएसआईभि २.२ लि डेकोर गाडीको औपचारिक रुपमा उद्घाटन गरिएको छ । त्यस क्याम्पमा एक्साईड व्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस्, म्याक ल्यूव्रिकेन्टस, इन्सुरेन्स, बैंक र अन्य अटोमोटिभ व्राण्डहरुले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया