षडानन्दलाई विभूति घोषणा गरिने

भोजपुर । समाज रूपान्तरणका साथै शिक्षाको ज्योति छरेका बालागुरु षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्ने प्रदेश–१ को सरकारले जनाएको छ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले बालागुरु षडानन्द अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गरिने बताए । बालागुरुको १८५ आँै जन्मजयन्ती मनाउन आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले षडानन्दको योगदानलाई कदर गर्दै राज्यले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने भनाइ व्यक्त गरे ।

षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रदेश १ सरकारबाट निर्णय गरेर केन्द्र पठाउने बताउँदै मुख्यमन्त्री राईले भने, ‘उहाँको योगदानको सम्मानका लागि राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ तर यसमा ढिला भइररहेको छ, म प्रदेश सरकारबाट निर्णय गरेर तत्काल केन्द्र सरकारमा पठाउँछु ।’ सो अवसरमा उनले प्रदेश–१ सरकारको करिब १३ लाख लागतमा बन्ने षडानन्द बहुउद्देश्यीय धर्मशालाको शिलान्यास गरे । मुलुकमा सती प्रथा अन्त्य गर्न र शिक्षाको ज्योति छर्न बालागुरुको योगदान रहेको छ ।

प्रतिक्रिया