गाउँपालिका अध्यक्षले लिए सपथ

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष बिरबहादुर कुरुङवाङले जिल्ला अदालतमा सपथ लिएका छन, । मंसिर १४ मा भएको उपनिर्वाचनमा नेकपाबाट बिजयी भएका बिरबहादुर कुरुङवाङले पाँचथरका माननिय जिल्ला न्यायधिस र उपनिर्वाचन मूख्य निर्वाचन अधिकृत मोहनराज भट्राईद्वारा सपथ लिएका हुन् । अध्यक्ष कुरुङवाङले जनताको पक्षमा र नियम कानूनको पालनालगायत नियम, बिनियम हुबहु लागु गर्ने सफत ग्रहरण गरेका छन् ।

न्यायधिस भट्टराइले तोकीएको समय बिहानको ११ बजे रहेता पनि कारणवस २ बजे कुरुम्वाङले सफत ग्रहरण लिएका थिए । सफत ग्रहरणमा पाटी अध्यक्ष राजकुमार भण्डारी , जिसस उप प्रमुख डिल्लीराम दुलाल, पालिका इञ्चार्ज, पाटीका कार्यकताहरुको उपस्थिति रहेको थियो । नेकाको गढ मानिएको फाल्गुनन्द गाउँपालिकामा नेकपाका उमेदवार कुरुङवाङले नेका उमेदवारलाइ हराएका थिए । नेका उमेदवार बृजाहाङ आङदम्वेलाइ आठ सय दुइ मतान्तरले हराए । कूरुङवाङले पाँच हजार तिन सय उनान सत्तरी मत प्राप्त गरेका थिए ।

नेका उमेदवार आङदम्बेले चारहजार पाँच सय ६३ मत प्राप्त गरेका थिए । त्यस्तै फिदिम नगरपालिका १ का वडाअध्यक्ष पदका रक्ति पदमा नेकालाइ हराउँदै नेकपाका गजाधर भट्टराइले बाजी मारेका हुन् । भट्राइले एक हजार चारसय ४६ मत प्राप्त गरेका थिए । नेका उमेदवार शुभराज थापाले नौ यस ७२ मत प्राप्त गरेर पराजय भोगे । त्यस्तै नेकपाको गढ मानिएको हिलिहाङ पालिका वडा ७ मा नेकाले बाजि मारेको छ ।

नेकाका उमेदवार तिलबिक्रम इदिङगोले तिस मतअन्तरले बिय हासिल गरे । उनले आठ सय ४२ मत प्राप्त गरेका थिए । नेकपाका गेहनाथ रिजालले आठ सय १२ मत प्राप्त गरी उपबिजेता बने । यस अघि वडाअध्यक्ष पदमा फिदिम वडा १ नेकाले र हिलिहाङ पालिका ७ तत्कालिन एमालेले बिजयी हासिल गरेको थियो । नेकाको गढ मानिएको फाल्गुनन्दमा नेकपाले सान्दार बिजयी हासिल गरेको छ ।

वडाअध्यक्षहरुलाइ निवाचन कार्यायले प्रमाण पत्र प्रदान गरेको छ । उनिहरुलाइ पलिका अध्यक्षहरुले सफत गराउने जनाइएको छ । यी पालिकाहरुमा अन्य बिभिन्न दलहरुका उमेदवार घरदैलोमा पुगेका थिए । निर्वाचन प्रतिस्पर्दामा समाजवादी ,संघीय लोकतान्तिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र, राष्ट्रिय प्रजातन्त्र संयुक्त, राष्ट्रिय जनमुक्ती , मंगोल नेसनल अर्गानाइजेसन पाटी रहेका थिए ।

प्रतिक्रिया