बेसार खेतिबाट प्रभाकरको परिवार पालिँदै

कालीकोट । लगानी थोरै आम्दानी धेरै, दुख कष्ट कम, सवैभन्दा सस्तो अनी सजिलो व्यवसायलाई अँगाल्दै रास्कोट नगरपालिका फुकोटका प्रभाकर बरालले बेसार खेति सुरु गरेका छन् । ३४ वर्षका प्रभाकरले अन्नबाली उत्पादन हुने खेतबारीमा बेसार खेती लगाएका हुन् । उनका छिमेकीले धान, गहुँ, मकै, कोदो लगाएतका बाली लगाए पनि प्रभाकरले १ बिघा जमिनमा बेसार खेति गरी बार्षिक ६ लाख चोखो आम्दानी गरिरहेको बताए ।

उनले भने, ‘विदेश जानु भन्दा आफ्नो समूदाय स्तरमा कुनै नौलो व्यवसाय गरे राम्रो आम्दानी हुने भनि बेसार खेतिमा लागेको हुँ, पहिला सदमुकाम मान्ममा होटल व्यवसाय गर्थेँ, होटल व्यवसायबाट त्यति राम्रो आम्दानी नभएपछि पुराना बालीहरु लगाउन भन्दा बेसार खेती गर्ने सोच गरेँ ।’ ३० किलो बेसारको विउ लगाएका प्रभाकरको खेतिमा बार्षिक ६ क्वीन्टल बेसार भित्रिन्छ् ।

बेसार ब्यवसाय गरेर बरालले १४ जनाको परिवारलाई धानेका छन् । प्रभाकरका अन्य परिवारले पनि उनलाई सघाएका छन् । सवै घरपरिवार धान, गहुँ लगाएतका हिउँदे तथा बर्खे बालीहरु लगाउन भन्दा बाह्रै महिना हुने बेसार खेती गरेका छन् । प्रभाकरले बेसार खेति गरिरहँदा अन्य छिमेकीहरुले पनी सिको गरिरहेका छन् । उनले आफ्नो ब्यत्तिगत लगानीमा वेसार खेति ब्यवसाय सुरु गरेका छन् । रास्कोट नगरपालिका भित्रै बेसार खेती गर्ने पहिलो ब्यत्तिलाई पालिका स्तरबाट पनि सहयोग गर्ने रास्कोट नगरपालिका प्रमुख कासी बरालले बताएका ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया