सफल हुन त केही सिक्नै पर्छ

किताब पढ्ने बानी बसाल्नु अत्यन्तै राम्रो बानी हो तर कस्ता खालका किताब पढ्ने भन्ने कुरा पनि आउँछ ? खासगरी तपाईँलाई विकसित गर्ने किताबहरू छानेर पढ्ने बानी बसाल्नुहोस् दैनिक १२ घण्टा मात्रै पनि किताब पढ्ने बानी बसाल्नुभयो भने तपार्इँलाई धेरै लाभ मिल्दछ 

हामीले जीवनमा सफल हुन केही कुरा सिक्नै पर्दछ, हामी काम थाल्ने बित्तिकै सफल होस् भन्ने चाहन्छौँ तर काम सँचालन गर्नेबित्तिकै सफल भएकाहरू पाउन धेर गा¥हो छ । ९० प्रतिशत व्यापार सुरु गरेको एक वर्षमा धरासायी हुने गर्दछन् । यसको पछाडिको कारण ज्ञानको कमीको नै हो । यो ज्ञानको कमीको कारण भनेको नै जीवनमा केही उपयोगी कुराहरू नसिक्नाले हो । हामी मनुष्य कस्तो छौँ भने हामीलाई सबै थाहा छ किन सिक्नुप¥यो भनने दृष्टिकोण बनाएर बसेका हुन्छौँ ।

यसै सन्दर्भमा एक लोक कथा एउटा गाउमा केही मजदुरहरूले रूख काट्ने काम गर्दथे । त्यहाँ दैनिक एक व्यक्तिले ३४ वटा रूख मात्र काट्ने गर्दथे एक दिन त्यस गाउँमा नयाँ व्यक्ति पनि कामको सिलसिलामा त्यहाँ आइपुग्छन् र उनले पनि त्यही रूख काट्ने काम पाउँछन् र त्यहाँ काम गर्ने मजदुरहरूले दैनिक मात्र ३ वटा रूख काटिरहेका थिए भने त्यहाँ आएका नयाँ मजदुरले व्यक्तिले दैनिक पहिलाको मजदुरहरूको भन्दा दोब्बर नै बढी ७÷८ रूख काट्न भ्याउँछन् ।

अनि त्यहाँ मजदुरबीच खैला बैला चल्न थाल्छन् हैन हिजो अस्ति मात्र आएको व्यक्तिले कसरी दिनमा हामीले भन्दा धेरै रूख काट्न सक्यो, हामीले पनि काटिरहेका छौँ उसको र हाम्रो पनि काट्ने हतियार एउटै हो ती मजदुरहरूले ती नयाँ व्यक्ति मजदुरसँग भएको राज के हो भन्ने कुरा सोध्ने निर्णय गरे र उनीहरू सबै ती व्यक्तिलाई सोध्न गए हैन तपार्इँले कसरी हामीले भन्दा धेरै रूख काट्न सक्नुभएको हो हामीलाई बताइदिनुस् न ?एक मजदुर व्यक्ति सोध्छन् र ती नयाँ व्यक्ति मजदुर भन्छन् अन्तिम समय तपाईँले आफ्नो रूख काट्ने हतियार कहिले तिखार्नु भयो ? सबै चुप लागेर ट्वाल्ल पर्छन् र भन्छन् हामीले त कहिल्यै पनि हाम्रो हतियार तिखारेको नै छैन ।

हो तपार्इँहरूले आफ्नो भुत्तो हतियारले नै काम गर्दै आइरहनुभएको छ, जसमा धार नै मेटिसक्यो तर मैले जब एउटा रूख काट्छु म मेरो हतियारलाई तिर्खाछु अर्थात् उधाउँछु र फेरि रूख काट्न थाल्छु क्रमशः यो क्रम गरिनै रहन्छु तब मैले तपाईँहरूको भन्दा बढि नै काट्न सफल भएको हुँ । यस कथाबाट के सिक्न सकिन्छ भने हामीले सदैव आफूलाई तिखार्नू निखार्नु पर्दछ, यो भनेको के हो भने आफुलाई विकास गर्ने । जस्तैः १. व्यक्तित्व विकास तालिम २. नेतृत्व विकास तालिम ३. भाषणकला तालिम ।

यस्ता तालिमले आफुलाई विकास गर्न सकिन्छ । एक पटक सोचौँ त अन्तिम समय तपाईले आफुलाई विकास गर्ने तालिम वा केही कुरा सिक्नु भएको थियो ? सायद छैन होला भन्ने उत्तर पाउनु भयो होला, त्यसैले तपाईको पनि कार्य क्षमता बढाउने हतियार बोदो भईसकेको छ, अब तपाईलाई तिखार्नु पर्ने बेला आइसक्यो । यदि तपाई विद्यार्थी, व्यवसायी वा गृहृणी हुनुहुन्छ भने आफुलाई विकास गर्न केहीबजेट छुट्याउनुहोस् यस्ता टे«निङ प्रोगामहरूमा सहभागी हुनुहोस् ।

दैनिक किताब पढ्ने बानी बसाल्नुहोस्
किताब पढ्ने बानी बसाल्नु अत्यन्तै राम्रो बानी हो तर कस्ता खालका किताब पढ्ने भन्ने कुरा पनि आउँछ ? खासगरी तपाईंलाई विकसित गर्ने किताबहरू छानेर पढ्ने बानी बसाल्नुहोस् दैनिक १÷२ घण्टा मात्रै पनि किताब पढ्ने बानी बसाल्नुभयो भने तपाईलाई धेरै लाभ मिल्दछ । कुनै पनि किताब लेखकले १०आँै २०औँ वर्षको अनुभव सँगालेर लेखेको हुन्छ तर तपाईले दिनको १÷२ घण्टा मात्रै पढ्नाले हप्ता दश दिनमै त्यो २० औँ वर्ष अनुभव गरेर लेखेको अनुभव तपाईले हप्ता दश दिनमै पाउनुहुन्छ ।

भएन त कमाल ? ज्ञान पनि अनुभव पनि त्यसैले भन्ने गर्छन् “Readers are Leaders” तपाई पनि आाफ्नो जीवनको लिडर बन्ने हो भने आजै देखि पढ्ने बानी बसाल्नुहोस् । संसारका महान् हस्तीहरू विल गेट्स् उनि दैनिक ३÷४ घण्टा पढ्छन्, वार्षिक ५० भन्दा ज्यादा पुस्तक पढ्छन् । फेरी जुन पायो त्यही किताब पढेर होइन नी आफ्नो सम्बन्धित क्षेत्रको किताब पढ्ने । म किताब पढेरै यो स्थानमा आउन सफल भएको हु वारेन बफेट । यदि तपाईहरू सेयर बजारमा काम गर्न चाहनुहुन्छ भने उनले एक किताब रिफर गरेका छन् त्या होे Intelligence Investor तपाईंले पनि पढ्न सक्नुहुन्छ र जीवनलाई कसरी सफल बनाउने भन्ने लेख त तपार्इंको हातमा नै छ ।

तपार्इंले दैनिक १ घण्टा पढ्नु भयो भने १ वर्षमा ग्राजुयसन गरे सरह हुनेछ, तर दिनको २ घन्टा पढ्नुभयो भने १ वर्षमा मास्टर्स गरे सरह हुनेछ, यहि क्रम दिनको ३ घण्टा पढ्नुभयो भने पि.च.डि सरहको ज्ञान तपाईंको बढ्छ, दिनको ४ घण्टा पढ्नभयो भने दुनियाको शक्तिशाली व्यक्तिहरूसँग पनि आँखामा आँखा जुधाएर कुरा गर्न सक्नुहुन्छ । भनाइको मतलब तपाईमा त्यतिका Knowledge आउँछ, तपाई त्यस क्षेत्रको भ्हउभचत बन्नुहून्छ ।

कुनै पनि क्षेत्रको भ्हउभचत बनिन्छ, पैसा तपाईको पछि पछि लाग्छ, आजसम्म तपाई पैसाको पछि पछि दौड्नु भयो होला अब पालो पैसालाई तपाईंको पछि पछि कुदाउने पालो किन भन्नाले अधिकांश मानिस पैसाकै पछि पछि भागिरहेको छ, अनुसन्धानबाट के पुष्टि भएको छ भने आज संसारमा ४ प्रतिशत व्यक्तिसँग ९४ प्रतिशत धन छ । यो कसरी ? जोसँग ज्यादा धन छ उसैसँग सम्बन्धीत कुराको विशेषज्ञता छ, फेरि सानो तिनो कुराको विशेज्ञता होइन नी संसार हल्लाउने विशेषता जस्तै माइक्रोसफ्टका विल गेट्स, फेसबुकका मार्क जुकरवर्ग, सेयरका बादशाह वारेन बफेट, एप्पलका स्टिभ जब्स, अहिलेका विश्वका धनी जेफ बेजोस्, एमेजोन आदि ।

यदि तपार्इंसँग पनि कुनै पनि क्षेत्रको विशेषज्ञता छ भने तपाईको जीवनमा धनको समस्या आउँदैन धन आफैँ तपाईलाई खोज्दै खोज्दै आउँछ । इतिहासलाई हेर्ने हो भने तपार्इंको जीवनमा धन आर्जन गर्ने र शक्तिशाली कहलिने भनेको पहिला जोसँग शारिरीक बल छ वा शारिरीक रुपमा शक्तिशाली हुन्थ्यो उसैको हालिमुहाली हुन्थ्यो, त्यसपछि अलि सभ्यताको विकास हुँदै गयो, त्यसपछि जोसँग पैत्रिक सम्पती जग्गा छ उसैको शक्ति सवैश्रेष्ठ मानन्थ्यो त्यसपछि औद्योगिक क्रान्ति शुरु भयो यो औद्योगिक युगमा जोसँग पैसा वा लगानीनै सबैभन्दा ठुलो शक्तिको रूपमा उदायो, हुन त अहिले पैसाको शक्तिमा कुनै कमी आएको छैन, किन की जोसँग पैसा छ उसको शक्तिलाई महत्व दिइन्छ ।

तर आजको युग भनेको सूचनाको युग हो आजको युगमा पैसा भनदा पनि जो सँग सुचना छ त्यो व्यक्ति नैै सर्वशक्तिमान बन्न सक्छ, सुचना अर्थात कुनै विषयको विशेषज्ञता किन भन्नाले यदि तपाईसँग आज केही पनि छैन तर कुनै विशेष क्षेत्रको विशेषज्ञताको ज्ञानले केही समयमा नै ठुलो धनराशी प्राप्त गर्न सक्नुहुन्छ, तर त्यसको लागि तपाईले त्यस क्षेत्रको विशेषज्ञता प्राप्त गर्नुप¥यो, के तपाई गाउनुहुन्छ ? कि लेख्नु हुन्छ, कि नाच्नुहुन्छ ? कि बोल्नु हुन्छ ? कि खेल्नु हुन्छ ? आदि इत्यादि यी कुरामा यसरी लाग्नुस कि दुँनियामा तपाई जसरी कोही माइकालाल प्रस्तुत हुन नसकोस अथक मेहेनत गर्नुहोसु्, आजसम्म संसारमा पौडीबाजमा सबैभन्दा बढी गोल्ड मेडल जित्ने व्यक्ति माइकल फ्लेप्स् हुन् । माइकल फ्लेप्स दैनिक ८ घण्टा आफ्नो अभ्यासमा समय बिताउँथे, हेर्नुहोस् उनको अभ्यासलाई, उनको कोचसँग दैनिक ८ घण्टा ४ वर्षसम्म अभ्यास गरिरहे । र त उनले २००८ को ओलम्पिकमा ८ गोल्ड मेडल जिते । एकपटक आफूलाई नियालेर सोच्नुहोस् कहाँनेर तपाई अल्झिरहनु भएको छ के कुराले गर्दा तपार्इं अगाडि बढिरहनुभएको छैन पत्ता लगाउनुहोस् र लेख्नुहोस् ।

तपाइलार्इं मासमा बोल्नु छ तर बोल्न डर लाग्छ र त्यसै कारणले तपाईंले व्यवसायको प्रिजेन्टेसन गर्न सकिरहनुभएको छैन भने आजैबाट भाषणकला तालिम लिईंहाल्नुहोस् वा अंगे्रजी बोल्न नआएर कतै तपार्इंले थुप्रै अवसरहर त गुमाइरहनुभएको छैन, त्यसो हो भने अंग्रेजी कक्षा जोइन गरिहाल्नुस् वा अरू के कस्ता कुराहरूले तपार्इंलाई छेकिरहेको छ, त्यो कुरा सिकिहाल्नुस् । किन भन्नाले हाम्रो माइन्डको विशेषता नै नयाँ कुरा सिक्ने र त्यसको सदुपयोग गर्ने खालको छ हामीसँग यन्त्र छ यसलाई चलाउनु जान्नुपर्छ, हो यसलाई चलाउनलाई नै हामीले केही न केही सफल हुने कुराहरू सिक्न जरुरत छ । हाम्रो माइन्डलाई टे«न गराउन आवश्यक छ जति ट्रेन गराउन सक्यौँ त्यति तपाईको जीवन सफलताको ग्राफ उकलो लाग्दछ । सिंगापुरमा हरेक ट्याक्सी ड्राइभरलाई ६÷६ महिनामा टे«निङ दिने गरिन्छ, त्यहाँको नियमानुसार भने, हाम्रो जीवन परिवर्तन गर्ने टे«निङ कतिको आवश्यक होला आफैँ सोच्नुहोस् ।

२१ औँ शताब्दीको सुचनाको युगमा तपाईसँग अघिल्ला इतिहासका तिन कुरा नभए पनि तपाई सर्व शक्तिमान र धनवान् बन्न सक्नुहुन्छ, त्यो भनेको तपाई कुनै विशेष क्षेत्रको विशेषज्ञ बन्नु हो, अर्थात एक चीजमा एक्पर्ट भएर आउनु । हस्पिटलमा कैयौँ डाक्टरहरू हुन्छन् कसैको कन्सल्टेन्ट चार्ज १ हजार हुन्छ भने कसैको १ सय किनभने त्यो डाक्टर त्यो सम्बन्धित क्षेत्रको विशेषज्ञ भएर हो । अब आफ्नो एक्स्पर्टिजलाई नै प्रयोग गरेर जीवनमा सफल बन्न सकिन्छ । (लामा उत्प्रेरक वक्ता हुन् )

प्रतिक्रिया