खनारमा सन्राइज बैंकको शाखा

काठमाडौं । सन्राइज बैंकले सुनसरी स्थित खनारमा १२६औँ शाखा सञ्चालनमा ल्याएको छ । सोमबार आयोजित एक कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी र बैंकको सञ्चालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रूपमा शाखाका कार्यालयको उद्घाटन गरे ।

सोही कायक्रममा उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष भीमबहादुर पौडैल, शारदा शर्मा पुडासैनी र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रूपमा एटिएमको उद्घाटन गरे । हालसम्म सन्राइज बैंकले १२६ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउन्टर र १४६ वटा एटिएममार्फत करिब ६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया