टाटा मोटर्स सर्भिस क्याम्प मंसिरमा

काठमाडौं । नेपालकालागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी टे«डिङ प्रालिले मंसिर १९ देखि २१ मंसिरसम्म चौथौ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प २०१९को आयोजना गर्न लागेको छ । ग्राहकसम्म पुग्ने यो तीनदिने क्याम्प नेपालभर रहेका सिप्रदीका ५३ वटा सर्भिस वर्कशपहरूमा आयोजना हुँदैछ ।

सर्भिस क्याम्पमा टाटा मोटर्सका कमर्सियल गाडीहरूका ग्राहकहरूले निःशुल्क गाडीको अवस्थाको जाँच, विशेष योजनाका साथै अन्य सेवाहरू प्राप्त गर्नेछन् । तीनदिने सर्भिस क्याम्पमा टाटा जेन्युइन स्पेयर पार्टहरू, म्याकलुब्रिकेन्ट, एक्साइड ब्याट्रीमा आकर्षक डिस्काउन्टहरू सार्वजनिक गरिने कम्पनीले जनाएको छ । उक्त अफर र योजनाहरूका साथै ग्राहकहरूका लागि थप रिक्रियसनल कार्यक्रमहरूको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया