सलमान खानको आइटम डान्स

मुम्बई । बलिउड अभिनेता सलमान खानको नयाँ चलचित्र ‘दबंग ३’ को नयाँ गीत सार्वजनिक भएको छ । हालै सार्वजनिक भएको नयाँ गीत ‘मुन्ना बदनाम हुआ’ मा अभिनेता सलमानका साथमा चलचित्रका निर्देशक प्रभु देवा पनि देखिएका छन् । ‘दबंग’ को पहिलो शृंखलामा ‘मुन्नी बदनाम हुई’ गीतको निकै चर्चा भएको थियो ।

‘दबंग ३’ मा भने ‘मुन्ना बदनाम हुआ’ गीत आएको छ । जसमा सलमान र प्रभुदेवाको जुगलबन्दी निकै जमेको छ । त्यस्तै, गीतमा वारिना हुसेनलाई बोल्ड रूपमा प्रस्तुत गरिएको छ । अभिनेता सलमान वारिनाको साथ देखिएका समेत छन् । गीतमा कमाल खान, ममता शर्मा र बादहाको आवाज रहेको छ । गीत दानिश साबरीले लेखेका हुन् । गीतको म्युजिक साजिद वाजिदले कम्पोज गरेका छन् । गीतको कोरियोग्राफी वैभव मर्चेन्टको रहेको छ ।

२० डिसेम्बर २० मा विश्वव्यापी प्रदर्शनमा आउने तयारी रहेको यस चलचित्रका लागि अभिनेता सलमानले निकै तयारीसमेत गरेका छन् । यो चलचित्रका लागि सलमानले २० किलो वजन घटाएका थिए । साथै यस चलचित्रमा दक्षिण भारतीय सुपरस्टार किच्चा सुदीप नेगेटिभ भूमिकामा देखिँदैछन् ।

प्रतिक्रिया