शैक्षिक गुणस्तर सुधार गर्न निशुल्क शिक्षा घोषणा

कालीकोट । शैक्षिक गुणस्तर सुधार गर्न पलाँता गाउँपालिकाले पहल कदमी चालेको छ । जिल्लाको पलाता गाउँपालिकालाई जिल्लाकै पहिलो निःशुल्क शिक्षा घोषणा गरिएको छ । गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट कुनै पनि शुल्क नलिने भनि निर्णय गरेलगत्तै गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि निःशुल्क शिक्षा घोषणा गरिएको हो ।

विद्यार्थीले विद्यालयमा तिर्नुपर्ने शुल्कको व्यवहार गाउँपालिकाले आफुले नै लिने निर्णय गरेको छ । गाउँपालिकामा रहेका विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि जिल्लामै पहिलो पटक गाउँपालिकाले सो निर्णय गरेको थियो । विद्यालयमा अध्ययरत विद्यार्थीले तिर्नुपर्ने शुल्क, रजिस्टेसन शुल्क, परिक्षा शुल्क, किताव लगायत गाउँपालिकाले निशुल्क दिने भएको हो । कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई वर्षमा करिव ३० हजार बराबरको शैक्षिक सामाग्री वितरण गर्ने निणय गरेको हो ।

आधारभुत तह अन्तरगर्त कक्षा १ देखि ८ सम्म नेपाल सरकारले निशुल्क घोषणा गरेको भएपनि पलाता गाउँपालिकाले ९ कक्षा देखि १२ कक्षा सम्म अध्ययनरत विद्यार्थीहरुलाई समेत निुशल्क शिक्षा प्रदान गर्ने भएको छ । निशुल्क शिक्षा प्रदानका लागि गाउँपालिकामा चाहिने आवश्यक जनशक्तिको पनि व्यवस्थापन गरि सकेको छ । गाउँपालिकाले आफ्नै स्रोतबाट विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि ६५ जना अनुदान कोटामा शिक्षकलाई नियुक्ति गरिसकेको छ ।
गाउँपालिकाले १४ वटा विद्यालयमा अग्रेजी माध्यमबाट शिक्षण गराईरहेको छ भने गाउँपालिकाले शैक्षिक सामाग्री, कार्पेट, कुसन लगायतका सामाग्री समेत सहयोग गरेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले बताए । उनले भने, ‘हामी शैक्षिक गुणस्तर बृद्धिमा लागेका छौँ, गाउँपालिकामा रहेका विद्यार्थीहरुले आर्थिक अवस्था कमजोर भई विद्यालय जानबाट बन्चित नहुन् भनि हमीले शिक्षामा निःशुल्क गरेका हौँ ।’

पलाँता गाउँपालिकाका शिक्षा विभाग प्रमुख टक्कबहादुर बमको अध्यक्षता, प्रतिनिधिसभा सदस्य माननिय दुर्गबहादुर रावतको प्रमुख आतिथ्य, नेकपा कर्णाली प्रदेश सदस्य बिष्नुबहादुर विकको विशेष आतिथ्यमा कार्यक्रमको आयोजना गरि निःशुल्क शिक्षा तथा जापानी झोला वितरण गरिएको हो । पलाता गाउँपालिकाको आयोजना रुपान्तरण नेपालको सहजिकरणमा भव्य कार्यक्रमको आयोजना गरि निशुल्क शिक्षा घोषणा गरिएको हो । कार्यक्रममा उत्कृष्ठ विद्यालयका रुपमा गणेश आधारभुत विद्यालयलाई २ लाख नगद सहित पुरस्कृत गरिएको छ ।

गाउँपालिकाले आफैले अंग्रेजी माध्यम लागु गरेसँगै नीजि विद्यालयलाई प्रतिबन्ध लगाएको छ । हातमा किताब बोक्नुपर्ने बाध्यता हट्यो हातमा किताव बोकेर विद्यालय जानुपर्ने बालबालिको दिनचर्या अव फेरीने भएको हो । गाउँपालिकाले युमि नेपाल जापानको सहयोगमा विद्यार्थीहरुको सहजताका लागि झोला वितरण गरेको छ । हातमा किताव बोकेर विद्यालय जाने बालबालिकाकाहरुका किताव च्यातिने,हराउने डर कम हुने भएको छ ।

गाउँपालिकाले उपलव्ध गराएका किताव राख्नका लागि झोला समेत किन्न मुुस्किल हुने विद्यार्थीहरुले झोला पाउँदा खुसी व्यक्त गरेका छन् । युमि नेपालले कर्णाली प्रदेशका बालबालिकाको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि ४ वटा स्थानीय तह छनोट गरेको हो । जसमा कालीकोटको पलाता गाउँपालिका दैलेखको विन्दाशैनि नगरपालिका जाजरकोटको भेरीगंगा गाउँपालिका सल्यानको सारदा गाउँपालिका छनोट गरेको रुपान्तरण नेपालका अध्यक्ष मोहन बहादुर शाहीले सुनाए । उनले आफूले फेसबुकमा धेरैको स्टाटस नकारात्मक देखेकाले युमि नेपाल जापानले नै सम्पूण लगानी गरेको स्पष्ट पारे ।

युमि नेपाल जापानका प्रतिनिधि.डा बाबुराम निरौलाले मायाको चिनो भएकाले सबैले जतन गरि राख्न आग्रह गरे । उनले विद्यार्थीका किताव कापी च्यातीनबाट बचाउनका लागि बालवालिकालाइ नियमित विद्यालय जान प्रोत्साहन गर्नका लागि सहयोग गरेको सुनाए । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले विद्यार्थीको झोलामात्र परिवर्तन गर्न नलागेको बताए । उनले भने, ‘हामीले शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि विद्यार्थीको चोला परिर्वतन तिर लागेका र्छौ ।’ साथै बमले पलाता गाउँपालिकालाई आमुल परिर्वतनको एजेन्डा लिएर पलाता गाउँपालिका अगाडि बढिरहेको बताए र आगामी दिनमा विकासका दृष्टिकोणले कुनै कमि हुन नदिने जनाए । बमले नकारात्मक टिकाटिप्पणीले पलाता सरकारलाई थप हौसला दिएकाले अगाडि बढ्न सहज छ ।

पलाँता फेरियो रावत

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य दुर्ग वहादुर रावतले हिजोको पलाँता भन्दा आजको पलाँता विकासका हिसावले परिवर्तन भएको बताए । राजनीतिक दलमा एकमत हुन सकेन र विकास भएन भने साझा दुस्मनी हुनुका साथै विकास निर्माणका एजेण्डामा कमि आउने भन्दै सवै दलहरु मिलि विकास गर्नुपर्ने बताए ।

यस्तै कार्यक्रममा वोल्दै नेकपाका कर्णाली प्रदेश सदस्य बिष्णु बहादुर विकले समृद्ध नेपालको अभियानमा हामी एक ठाउँमा हुन आवश्यक रहेको बताउँदै भौगोलीक अवस्थालाई चिर्दै अगाडि जानुपर्ने र सिंगो पालिकालाई विकास निर्माणमा अग्रसर बनाउन समेत आग्रह गरे । रुपान्तरण नेपालको आयोजना तथा पलाँता गाउँपालिका र युमि नेपाल जापानको समन्वयमा कार्यक्रम भएको हो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया