पोखरामा मतदानस्थल नजिकै बम विस्फोट

फाइल तस्बिर

काठमाडौं । कास्कीको मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ । मतदान स्थल नजिकै बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान स्थगित भएको छ ।

निर्वाचन क्षेत्र नं. २ को नयाँबजार स्थित नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो । मतदान भइरहेका बेला अज्ञात व्यक्तिले माथिबाट बम फालेको र सो बम विस्फोट हुन पुगेको बताइएको छ ।

वम विस्फोटपछि केहीबेरका लागि सो मतदान मतदानस्थलमा मतदान स्थगित भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले मतदानस्थल नजिकै बम विस्फोट भएको जनाएको छ । तर, उक्त बम विस्फोटन गराउनेमा कसको संलग्नता छ भन्ने खुलेको छैन ।

प्रतिक्रिया