बिजेपीलाई प्रकाश राजको ‘खुच्चिङ’

मुम्बई । बलिउडमा भारतीय राजनीतिका बारेमा बेलाबेलामा बहस र परिचर्चा हुने गर्दछन् । गत शनिबार भारतीय जनता पार्टी (बिजेपी) ले अजित पवारलाई हातमा लिँदै राष्ट्रवादी कांग्रेस पार्टी (एनसिपी) को समर्थन आफूलाई रहेको भन्दै महाराष्ट्र राज्यमा सरकार गठन ग¥यो । राजनीतिक विवादसँगै सरकार गठनको चार दिनमै बिजेपीले महाराष्ट्रबाट हात धुनुप¥यो । यस विषयमा भारतीय अभिनेता प्रकाश राजले बिजेपीको उक्त कदमप्रति ‘खुच्चिङ’ भनेका छन् ।

धेरैले यस प्रकरणलाई शिवसेना, कांग्रेस (आई) र एनसिपीको सम्भावित सत्ता समीकरणमा बिजेपीले सर्जिकल स्ट्राइक गरेको अनुमान लगाए । तर, बिजेपीले सरकारबाट चौथो दिनमै हात धुनुप¥यो । एनसिपी प्रमुख शरद पवारले सरकार गठनमा आफ्नो पार्टीको औपचारिक राजनीतिक समर्थन नरहेको बताएपछि बिजेपीले महाराष्ट्रको सत्ता छाड्नुप¥यो ।

यस नाटकीय प्रकरणका बारेमा धेरैले आ–आफ्नो प्रतिक्रिया दिए । यसक्रममा भारतीय सिने उद्योगका चर्चित कलाकार प्रकाश राजले बिजेपीप्रति व्यंग्यात्मक कटाक्ष गरे । सुरुदेखि नै हिन्दुवादी पार्टी बिजेपीको कटुआलोचकका रूपमा चिनिएका अभिनेता प्रकाश राजले यस परिस्थितिमा राजनीतिक ट्विट गरेर बिजेपीलाई ‘खुच्चिङ’ भनेका हुन् ।

उनले ट्वीटमार्फत ‘नाच्न नजान्ने आँगन टेढो’ भनेर खुच्चिङ भनेका हुन् । उनले लेखेका छन्, ‘अक्सर जसलाई नाच्न आउँदैन, उनीहरूलाई नाच्ने ठाउँसँग समस्या हुन्छ ।’ अभिनेता प्रकाश राजले महाराष्ट्रको राजनीतिमा यसरी धारणा राखेका हैनन् । यसअघि पनि उनले सिंचाइ घोटालामा पनि यस्तै ट्वीट गरेका थिए ।

‘भारतको सबैभन्दा ठूलो धोबी सेबा, केही लाज बाँकी छ । आधिकारिक श्रोतका अनुसार सिंचाइ घोटालासँग जोडिएको मुद्दा बन्द भइसकेको छ र उनको अजित पवारसँग कुनै सम्बन्ध छैन’, उनले ट्वीट गरेका थिए । प्रकाश राज सुरुदेखि नै बिजेपीका विरोधी हुन् । आफ्ना पत्रकार साथी गौरी लंकेसको हत्यापछि त उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हत्याराको संरक्षक भनेर आरोप लगाएका थिए ।

प्रतिक्रिया