‘अमिलो अम्चुर’ विमोचित

काठमाडौं । लोकगायिका मिरा गिरीको नयाँ गीत ‘अमिलो अम्चुर’ सार्वजनिक भएको छ । उक्त गीतको भिडियो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले एक कार्यक्रमका बीच विमोचन गरे । अध्यक्ष बिजीकै शब्द रचना रहेको गीतमा गायिका गिरी र गायक नेत्र भण्डारीको युगल आवाजमा रहेको छ । त्यस्तै, गीतमा धु्रवराज धिताल, प्रेमा रानामगर र रूपी सिंजाली मगरको सामूहिक आवाज रहेको छ ।

धु्रवराजकै संगीत रहेको गीतमा कृष्ण बिकले संगीत संयोजन गरेका छन् । मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोको निर्देशन सुनिल छेत्रीले गरेका छन् । नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोमा निर्देशक सुनिल छेत्री र अभिनेत्री ऋचा थापाको अभिनय छ । अमृत चापागाईंले सम्पादन गरेको भिडियो गायिका मिराकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । कार्यक्रममा गीतकार बिजीले गीतले मौलिक परिवेश अँगालेको जिकिर गरे ।

प्रतिक्रिया