अपांंगलाई गाउँमै परिचयपत्र

अर्घाखाँची । जिल्लाको पाणिनी गाउँपालिकाले गाउँका मुख्य तीन स्थान दुर्गाफाट, पोखराथोक र चिवेकमा पुगी ४ सय ५० जनालाई तीन दिन लगाएर अपांग परिचय पत्र वितरण तथा नवीकरण गरेको गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए ।

पाणिनी गाउँपालिका–३ खिदिमकी सुनिता कुमालको कुनै शरीर चल्दैन, बोली पनि आउँदैन, उनको घरका आमाबुबा पनि छैनन् । गाउँका समाजसेवीहरूले उनलाई परिचय पत्र वितरण गर्ने स्थानसम्म ल्याई परिचय पत्र वितरण गरे । गाउँलेहरू भन्छन्, ‘अब उनलाई ठूलो राहत हुने भयो ।’

पटौटीकी ३५ वर्षीया यमकला घर्तीले प्रमाणपत्र बुभ्mदै भनिन्, ‘म अपांग भएकै कारण पतिले छोडे, मेरो कुनै शरीर चल्दैन, गाउँका दाजुभाइको साहारामा बाँचेकी छु । अब त मलाई सरकारले पैसा दिन्छ भन्छन् मनमा केही शान्ति मिलेको छ ।’ खिदिमकी काली कुमाल र पटौटीकी माया बेल्वासेको गुनासो उस्तै छ अपांग भएकै कारण समाजमा धेरै खालको पीडा हेलाहोचोमा परेकोले समाजमा जीवनयापन गर्न समस्या थियो अब केही हुने आशा पलाएको बताए ।

सबै अपागंको स्वाथ्य जाँच गरी कानुन तथा कार्यविधि बमोजिम परिचयपत्र वितरण गरिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले बताइन् । गौतमले भनिन्, ‘अपागंहरूको नागरिता नै नभएको कारण धेरै समस्या भयो अब यो समस्यालाई तत्काल सामाधान गर्छौं ।’ परिचयपत्र वितरण कार्यमा गाउँपालिका कर्मचारीसहित दुई जना विशेषज्ञ डाक्टर ल्याई पालिकाले नै आवश्यक पर्ने खर्चको व्यवस्थापन गरी परिचयपत्र वितरण कार्यक्रम निकै फलदायी भएको प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पन्तले बताए ।

नेपाल सरकारले ‘क’ वर्गको अपागंका लागि तीन हजार र ‘ख’ वर्गका अपांगका लागि मासिक एक हजार ६ सय वितरण गर्दै आएको हुँदा अपांगलाई निकै राहत मिलेको छ ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया