खोजखबर

ब्राउन सुगरसहित धनगढीबाट एक पुरूष र दुई महिला पक्राउ

सौर्य अनलाइन २०७६ मंसिर १३ गते १४:०९ मा प्रकाशित

कञ्चनपुर । प्रहरीले धनगढीबाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–५ जाइँ बस्ने २८ वर्षीय इन्द्रजीत धामी, वडा नं ८ बस्ने १८ वर्षीया एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका– ३ घर भई हाल धनगढी–१ बस्ने १९ वर्षीया मोनिका थापा भन्ने मोनिका बुढालाई गए राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आज जानकारी दिए ।

उनीहरु तीनै जनालाई धनगढीस्थित पुष्पाञ्जली होटलको कोठा नं ७०१ बाट तीन ग्राम ७६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको उनले बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय