खाँडाचक्रका शिक्षा–स्वास्थ्य समस्याको समाधान गर्ने

कालीकोट । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको संरक्षण गर्न यहाँका जनप्रतिनिधि र सरोकावलाहरुले चार वुँदे लिखित प्रतिवद्धता जनाएका छन् । इन्सेक कालिकोटको आयोजनामा आज जिल्ला सदरमुकाम खाँडाचक्रमा आयोजित मानव अधिकारको अवस्था र शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रमकी प्रमुख अतिथि नगर उपप्रमुख विजया विष्ट, नगर प्रवक्त पुष्पराज गिरी, वडाध्यक्ष देउसिंह विक, धनसिंह कामी लगाएतले प्रतिवद्धता जनाए ।

इन्सेक जिल्ला प्रतिनिधि कालीवहादुर मल्लको अध्यक्षतामा आयोजित अन्तरक्रियामा नेकपा, नेपाली कांग्रेस, संघीय समाजवादी पार्टी लगाएतका राजनीति दलका प्रतिनिधि, पत्रकार, मानव अधिकारकर्मीको सहभागिता थियो । कार्यक्रममा खाडाँचक्र नगरपालिकाभित्रका शिक्षकहरुको अनियामिता, गुणस्तरहिन शिक्षा समयमै पठ्यपुस्तक नपुग्ने र विद्यालयमा अवश्यक शिक्षक दरवन्दि नभएका कारण बालबालिकाहरुको पठनपाठनमा समस्या रहेको हुनाले समाधानका लागि स्थनीय सरकार तथा सरोकावालाले प्रतिवद्धता जनाएका हुन् ।

यस क्षेत्रमा रहेका स्वास्थ्यचौकी, अस्पताल मा आवश्यक उपकरणको कमी भौतिक संरचनाको अभाव तथा औषधी समेतको समस्या रहेकाले समस्या समाधानका लागि स्थानीय सरकारले तत्काल पहल गर्ने जनाइएको छ ।नगरपालिकाभित्र आवास विहिनका लागि सरकारले जनता आवास कार्यक्रम ल्याई कार्यन्वयन भएपनि वास्ताविक घरवार नभएकाहरुले नपाउने र वनाउन लागिएका घरहरुमा पनि ढिला सुस्ती रहेकाले तत्काल वास्तविक घर नभएकाहरुको घर आवास वनाउन स्थानीय सरकाले पहल गर्ने जनाइएको छ ।

यस्तै विषादी आयातित खाद्यन्नवाट स्थानीय नागरिकको स्वास्थ्यमा असर पर्ने भएकाले स्थानीय उत्पादित खाद्यवस्तुको उपोभोगका लागि सवै सरोकारवालाहरुले प्रोत्साहित गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा सहजकर्ता रमेश सुनारले जिल्लाको शुभकालिका गाउँपालिका र खाँडाचक्र नगरपालिकामा ईन्सेकले आगामी दिनमा सन्देश मुलक कार्यक्रम लागु गरी तत्कालै नागरिकहरुलाई सहज वातावरण गराउने बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया