गाउँपालिका अध्यक्षकै नक्कली हस्ताक्षर

कालिकोट । अपराधी उम्काउन कालीकोटको पचालझरना गाउँपालिका अध्यक्षले नक्कली कागज र हस्ताक्षर गरेको रहस्य बाहिरीएको छ । पचालझरना गाँउपालिका अध्यक्ष खडकराज सुजेवालले अपराधि उम्काउन कृर्ते कागज गराएको पाइएको हो । गाउँपालिकाले असुल गराएको पैसा कुनै पनि श्रेस्तामा नभेटिएपछि बिषेश अदालतले पैसाको खोजि गरेको छ । कालीकोट जिल्लाको पचाँलझरना गाउँपालिका अध्यक्षकै रोहवरमा असुल भएको १७ लाख १५ हजार रुपैया कुनै पनि ठाउँमा दाखिला नभएको पाएपछि शिषेश अदालतले बिद्यालयलाई पत्र लेखेर असुल पैसा कहाँ कुन खातामा जम्मा भएको छ्, जानकारी दिन पत्रमा भनिएको छ ।

जनता माध्यमिक बिद्यालय खार्दुमा कार्यरत शिक्षक पलाँता गाउँपालिका वडा– ९ निवासि जयलाल न्यौपानेले हिनामिना गरेको पैसा गाउँपालिका अध्यक्षको रोहवरमा बिद्यालय वयवस्थापन समितिलाई फिर्ता गरेको प्रतिवादी पक्षका कानून व्यवसायीले बिषेश अदालतमा लिखित कागज पेश गरेपछि सत्य तथ्य के हो कारण खुलाई पठाई दिन बिषेश अदालत ववरमहल काठमान्डौले साउन २७ गते जनता मावि व्यवस्थापन समितिलाई पत्राचार गरेको पाईएको छ । अदालतले पठाएको पत्रमा पहिलो पक्ष बिद्यालय व्यवस्थापन समितिलाई दोस्रो पक्ष भनिएका जयालाल न्यौपानेले पैसा तिरेको कागजलाई साथमा राखिएको छ ।

कागजमा पचालझरना गाउँपालिका अध्यक्ष खडकराज सेजुवाल, वडा नं २ का सदन कठायत साक्षि वसेका छन् । प्रतिवादी पक्षका कानुन ब्यवसायीहरुले पैसा प्रतिवादी न्यौपानेले तिरिसकेको अदालतमा दावि गरेपछि यो घटना सतहमा आएको हो । २०७२ सालमा साविकको राम्नाकोट गाबिसमा रहेको जनता माबिको १७ लाख १५ हजार रुपैया शिक्षक न्यौपानेले हिनामिना गरेको भन्दै जिल्ला अदालत हुदै सर्वोच्च अदालत हुदै अख्तीयार सम्म उजुरी परेको गाउँपालिका अध्यक्षको रोहवरमा लेखिएको कागजमा उल्लेख छ ।

गाउँपालिकाले दुवै पक्षलाई झिकाई छलफल गरी पैसा असुल गराएको कागज प्रमाण पत्र नम्वर २३ का लेखा दिपराज बमले लेखेका छन् । सो कागजमा प्रतिवादी जयलाल न्यौपानेले पैसा तिरेको र बिद्यालय व्यवस्थापन समितिका अध्यक्षले गाउँपालिका अध्यक्षलगाएतका साक्षिका अगाडि बुझेको उल्लेख गरिएको छ । तर त्यो पैसा हालसम्म कुनै पनि ठाउँमा दाखिला नभएको अदालतको पत्रमा उल्लेख छ । यता बिद्यालयका अध्यक्ष रति रोकायाले भने आफ्नो बिद्यालयलाई कुनै जानकारी नभएकाले गाउँपालिकाले आफै कित्ते कागज गरेको बताए ।

गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले भने कागज फरक तरिकाले वनाएको ८ लाख जम्मा गरेकाले मुद्दा सहज होस भन्ने हेतुले किस्तामा अरु पैसा तिदै जाने मौखिक कुराका आधारमा कागज गराएको बताए । अर्को विद्यायालयमा पढाउन लगाएर अहिले सम्म ८ लाख पैसाको त कागजात पठाइसकेका छाैँ । अरु पैसाको पठाएको छैन । जयलाललाई जोगाउन खोजियो, तर उसैले धोका दिएको गाउँपालिका अध्यक्ष सेजुवालले बताए । उता अभिभावक र स्थानियवासिहरुले गाँउपालिका अध्यक्षले अनियमितताको आरोपमा मुद्धा खेपिरहेका जयलाल न्यौपाने बाट पैसा खाएर अपराधि बचाउन खोजिएको आरोप लगाएका छन् । विद्यालय व्यवस्थापन समिति र प्रअलाई कुनै जानकारि नै नदिई जिम्मेवार गाँउपालिकाका अध्यक्षले यसरि कृर्ते कागज बनाएको भनि आरोप लगाएका छन ।

प्रतिक्रिया