ज्ञानेन्द्र शाहीलाई नेपालका लागि नेपाली अभियानबाट हटाइयो

काठमाडौँ । पछिल्लो समय नेपालका लागि नेपाली अभियान भनेर चिनिएका ज्ञानेन्द्र शाही बाट ज्ञानेन्द्र शाहीलाई उक्त अभियानबाट हटाइएको छ । शाहीलाई सो अभियानको बुधबार बसेको बैठकले हटाउने निर्णय गरेको हो ।

उक्त बैठकले भ्रष्टाचारको अन्त्य, राष्ट्रियताको संरक्षण संघीयताको खारेजी र धर्म निरपेक्षताको खारेजीलगायत राजनैतिक सुद्धीकरणको आफूहरुको एजेण्डाविरुद्ध शाही लागेकाले जिम्मेवारी मुक्त गरिएको बताइएको छ ।

अभियानमा संलग्न बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारीलगायतले राजतन्त्रको पक्षमा वकालत गर्दै आएको हो ।भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा चिनिएका शाहीले उक्त सिद्धान्तविपरितको गतिविधि गरेकोले हटाइएको छ ।

प्रतिक्रिया