टेलर स्विफ्टले राखिन नयाँ रेकर्ड

एजेन्सी । अमेरिकन म्युजिक अवार्ड (एएमए) मा गायिका टेलर स्विफ्टले सबैभन्दा बढी एएमए जित्ने रेकर्ड कायम गरेकी छिन्। आइतबार भएको अवार्ड समारोहमा स्विफ्टले विभिन्न ६ विधामा अवार्ड हात पारिन्।

यो अवार्डसँगै डेढ दशकको करियरमा २९ वर्षीया स्विफ्टले २९ एएमए जितेर नयाँ रेकर्ड कायम गरेकी हुन्। जबकि यसअघि सबैभन्दा बढी एएमए अवार्ड जित्ने रेकर्ड दिवंगत गायक माइकल ज्याक्सनको नाममा थियो। उनले २४ एएमए अवार्ड जितेका थिए।

यसपालि स्विफ्ट आर्टिस्ट अफ दी इयरसँगै उत्कृष्ट फिमेल आर्टिस्ट, उत्कृष्ट समकालीन एडल्ट आर्टिस्ट तथा आर्टिस्ट अफ दी डिकेड (दशक) अवार्ड पाउने भाग्यमानी पनि बनिन्। त्यस्तै उत्कृष्ट म्युजिक भिडियो विधामा उनको ‘संग यु निड टु कम डाउन’ तथा उत्कृष्ट एल्बम विधामा उनको एल्बम ‘लवर’ ले अवार्ड पायो।

प्रतिक्रिया